भक्तपुरमा आगलागी जोखिम न्यूनीकरणकाे लागि जनचेतनामूलक कार्यक्रम हुँदै

0
323

भक्तपुर, असार ३१ ।
भक्तपुरको टौमढी युथ क्लबले आगामी असार ३२ गते बुधबार टौमढी डबलीमा अग्नि नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ। क्लबका अनुसार विगत वर्षहरूदेखि निरन्तर रुपमा जनचेतना र सामाजिक सेवामा अग्रसर रहँदै आएको क्लबले यस वर्ष पनि जुद्ध वारुण यन्त्र कार्यालय, भक्तपुरको प्राविधिक सहयोगमा कार्यक्रम गर्न लागेको हो।

कार्यक्रमको मुख्य उद्देश्य होटल, रेष्टुरेन्ट तथा विभिन्न व्यवसायिक प्रतिष्ठानहरूमा असम्भावित आगलागी जोखिमबारे जनचेतना फैलाउने, आगो नियन्त्रणका सुरक्षा उपायहरूको जानकारी गराउने रहेको छ।

कार्यक्रम टौमढी डबलीमा दिउँसो ४ बजेपछि सुरु हुने छ। टौमढी युथ क्लबका अध्यक्ष शिवराम भुजुले सम्पूर्ण भक्तपुर नगरवासीलाई सहभागी भइ आगलागीबाट आफ्नो परिवार, व्यवसाय र समुदायलाई सुरक्षित राख्ने अभियानमा साथ दिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here