भक्तपुर वडा १० मा डेंगु सचेतना र्‍याली, लामखुट्टे नियन्त्रणमा जोड

0
302

भक्तपुर, ३० असार।
डेंगु ज्वरोकाे जोखिम बढ्दै गएको बेला भक्तपुर नगरपालिका वडा नं १० कार्यालयले सोमबार डेंगु सचेतना र्‍याली आयोजना गरेको छ। वडा अध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको नेतृत्वमा निस्केको र्‍याली कमलबिनायक यातु गणेश मन्दिरबाट सुरु भई लान्चाफल्चा, पाइपलाइन, कमलबिनायक बसपार्क, क्वाठण्डौं, बेखाल, नागपोखरी, महालक्ष्मी, देकोचा हुँदै वडा कार्यालयमै पुगेर समापन गरिएको हो।

समापन कार्यक्रममा स्वास्थ्य विज्ञ डाक्टर रत्नसुन्दर लासिवाले डेंगु एडीस एजिप्टी र एडीस एल्बोपिक्टस् नामका लामखुट्टेको टोकाइबाट फैलिने भएकाले त्यसबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरे। “झुल लगाएर सुत्नुहोस्, पुरा बहुला लुगा लगाउनुहोस्, झ्याल ढोकामा जाली लगाउनुहोस्, घर वरिपरिको पानी जम्न नदिनुहोस्,” डाक्टर लासिवाको सन्देश थियो।

डाक्टर लासिवाले डेंगु लागेमा पानी र झोलिलो खानेकुरा बढी सेवन गर्न र केवल पारासिटामोल मात्रै खाने सल्लाहसमेत दिए।

वडाध्यक्ष ह्यौमिखाले डेंगु नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट सचेत र सक्रिय हुनुपर्ने बताए। उनले र्‍यालीमा सहभागी संघ–संस्था, विद्यालय, स्वयम्सेविका, बक्सिङ र टेबल टेनिस खेलाडीहरूप्रति आभार प्रकट गरे।

वडासदस्य जितेन्द्र मुनाकर्मीले कमलबिनायकबाट र्‍यालीको सुरुआत गरेका थिए भने वडा नर्स तुल्सी लक्ष्मी किलम्बुले डेंगुबाट जोगिन दैनिक जीवनमा अपनाउन सकिने उपायहरूको जानकारी गराएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here