भक्तपुरका मासु पसलमा अनुगमनः सरसफाइ र नविकरणमा कडाइ

0
234

भक्तपुर, ३० असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सोमबार च्याम्हासिंह, गरुद्धकुण्ड, चोफल र ध्वाकासीमा १० वटा मासु पसल अनुगमन गर्यो । अनुगमनमा फ्रिजमा जथभावी मासु राखेर मासु विग्रिएकोले सबै पसलेहरुलाई मासु फ्रिजमा राख्द जिपलक प्लाष्टिक व्यागमा मासु प्याक गरेरमात्र राख्न निर्देशन दिएके संयोजकले बताउनुभयो । 
अनुगमनमा ब्रम्हायणी मिट सप तीन दिन भित्र नबिकरण गर्न, एप्रोन अनिवार्य सेतो प्रयोग गर्न, मासु खुल्ला रुपमा राख्दा धुलो र झिंगा भन्किने गरी राखेको पाइएकोले जालीले छोपेर राख्न वा सिसाको बासक बनाएर सुरक्षितकासाथ राख्न निर्देशन दियो  । 
त्यस्तै च्याम्हासिंह फ्रेस मिट सप मासु पसल नविकरण गर्न, फ्रिज सफा गर्न, सरसफाईमा ध्यान दिन, मुल्य सुचि राख्न, जिपलक प्लाष्टिक व्यागमा राखेर मात्र फ्रिजमा मासु राख्न, एप्रोन अनिवार्य सेतो प्रयोग गर्न, मासु काट्न प्रयोग गरिने औजारहरु, भाडावर्तन सफा राख्न र तराजु नविकरण नगरेकोले १ थान जफत गरी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो । 
ग्लोबल कोल्ड स्टोर तीन दिन भित्र नविकरण गर्न, मुल्य सुचि व्यवस्थित गर्न निर्देशन दियो । 
भक्तपुर कोल्ड स्टोरमा पशु बध गर्ने स्थल भुई भित्ता सफा गर्न मिल्ने गरी टायल वा मार्वल राखी व्यवस्थित गर्न, मुल्य सुचि व्यवस्थित गर्न र कुखुरा बध गरी सफा गरेको फोहर महालक्ष्मी र महेश्वर फोहर संकलन केन्द्रमा फल्ने भनि प्रोपाइटर जानकारी दिएकोले त्यसरी नफाल्न निर्देशन दियो ।
रत्न शाहीको मासु पसल विगत दश बर्ष अगाडिदेखि नविकरण नगरेको देखिएकोले तीन दिन भित्र नविकरण गर्न, मासु काट्न प्रयोग गरिने औजारहरु, भाडावर्तन सफा राख्न  र तराजु नविकरण नगरेकोले थान १ जफत गरी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो । 
भक्तपुर आर.कोल्ड स्टोर तीन बर्षदेखि नविकरण नगरेकोले पसल नविकरण गर्न, तराजु नविकरण नभएकोले थान १ जफत गरी नविकरण गर्न, मासु फ्रिजमा राख्द जिपलक प्लाष्टिक व्यागमा मासु प्याक गरेर मात्र राख्न निर्देशन दिई तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै देव मिट सप, जय श्री ब्रम्हायणी कोल्ड स्टोर, भक्तपुर चिकेन हाउस, एस एण्ड एस फ्रेस मिट हाउस निरिक्षण गरीयो । 
अनुगमन समितिका सदस्य, श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, भनपा श्यानिटेशन उपशाखाका निमित्त प्रमुख व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक कमल कुमार श्रेष्ठ र कविन प्रसाद कट्टेल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ र उद्योग तथा बाणिज्या कार्यालय भक्तपुरका लक्ष्मी प्रसाद कासुलको सहभागी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here