भुलाछें र देकोचामा बधस्थल र मासु पसल अनुगमन, सरसफाईमा ध्यान दिन आग्रह

0
416

भक्तपुर, ३१ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्रीको नेतृत्वमा मंगलबार भुलाछें र देकोचामा ७ वटा बध स्थाल र मासु पसल अनुगमन भयो । अनुगमनमा बधस्थल सरसफाईमा सुधार गर्नुपर्ने देखिएको सदस्य खत्रीले बताउनुभयो ।
अनुगमनमा महाकाली कोल्ड स्टोर बधस्थल नगन्हाउने गरी व्यवस्थापन गर्न, मासु र हाडखोर छुट्याई व्यवस्थापनको लागि किटाणुबाट संक्रमण तुरुन्त हुने भएकोले भुईंभन्दा तीन फिट अग्लो टेबल बनाई भुईं सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टालय राख्नुपर्ने, कामदारलाई अनिवार्य सेतो एप्रोन, माक्स, पञ्जा, हेयरनेट राख्न लगाई मात्र मासुको काम गराउनुपर्ने र पुरानो निर्देशन पालना नभएकोले यथासिघ्र कार्यान्वयन गर्ने निर्देशन दियो ।
इश्वरी शाहीको मासु पसल बधस्थल समेत भएकोले बधस्थलमा तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन, बधस्थल सफा गर्न मिल्ने गरी भुईं, भित्तामा टायल र मार्वल राख्न, बध गर्ने रा“गोले देख्ने गरी नगर्न र हाडखोर नराख्न, सरसफाइमा ध्यान दिन, गराई सञ्चालन गर्नुपर्ने, कामदारलाई अनिवार्य सेतो एप्रोन, माक्स, पञ्जा, हेयरनेट राख्न लगाई मात्र मासुको काम गराउन निर्देशन दियो ।
न्यू चिकेन स्टोर बधस्थलको फोहर सिधै ढल निकासमा नराखी उपचार पछि मात्र निकासमा जोड्न, कामदारलाई अनिवार्य सेतो एप्रोन, माक्स, पञ्जा, हेयरनेट राख्न लगाई मात्र मासुको काम गराउनुपर्ने र बधस्थल छुट्टै दर्ता गरी सञ्चालन गर्न निर्देशन दियो ।
विकेश मिट सप नविकरण गर्न, मुल्य सूचि राख्न, कामदारलाई अनिवार्य सेतो एप्रोन, माक्स, पञ्जा, हेयरनेट राख्न लगाई मात्र मासुको काम गराउन, भुईंभित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न र निकासको व्यवस्थापन गर्न निर्देशन दियो ।
भक्तपुर आर.कोल्ड स्टोरमा फ्रिजमा मासुजन्य पदार्थ र तरकारीजन्य पदार्थसंगै राख्दा किटाणुहरु सजिलै संक्रमण हुन सक्ने भएकोले छुट्टाछुट्टै फ्रिजमा राख्न, कामदारलाई अनिवार्य सेतो एप्रोन, माक्स, पञ्जा, हेयरनेट राख्न लगाई मात्र मासुको काम गराउन निर्देशन दियो ।
रोयल मिट सपमा फ्रिजमा राखेको पुरानो र विग्रेको मासु ५ किलो ९०० ग्राम जफत गरी नष्ट गरियो भने कालिका कोल्ड स्टोरमा पनि अनुगमन गरिएको निमित्त श्यानिटेशन उपशाखा प्रमुख वडानिरिक्षक रामकृष्ण प्रजपातिले बताउनुभयो ।
अनुगमन समितिका सदस्य रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशन उपशाखाका निमित्त प्रमुख व.नि.रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी हवल्दार सविर वि.क., राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ र उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरका लक्ष्मी प्रसाद कासुल, भनपा पशुसेवा कार्यालयका पार्वती योञ्जनको सहभागी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here