भक्तपुर नगरपालिका वडा नं. २ मा डेङ्गु तथा किटजन्य रोग सम्बन्धी सचेतना र्‍याली

0
358

भक्तपुर, असार २६ । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा डेङ्गु तथा किटजन्य रोग सम्बन्धी सचेतना र्‍याली सम्पन्न भयो ।


कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष हरि प्रसाद बासुकलाले बर्षायामसँगै नेपालभरी फैलिरहेको डेंगु रोग सम्बन्धी सर्वसाधारण जनतालाई सचेत पार्ने उद्देश्यले सचेतनामुलक र्‍याली आयोजना गरिएको बताउनुभयो।

डेंगु रोग लागेपछि जथाभाबी औषधि प्रयोग नगरी डाक्टरको सल्लाह सुझाव अनुसार मात्र औषधि सेवन गर्नुपर्ने चर्चा गर्दै उहाँले भ.न.पा.ले छोटो दुरीमै जनतालाई स्वास्थ्य उपचार दिन वडा स्तरमा स्वास्थ्य सेवा केन्द्रहरू संचालन गर्दै आइरहेको जानकारी गराउनु भयो ।
जनताको सल्लाह सुझाब अनुसार नै विकास निर्माणका कार्यहरु गरिरहेको बताउनु हुदै आगामी आ.ब.२०८२/८३ मा ख्वप अस्पतालमा डायलासिस सेवा र सिटी स्कान सेवा विस्तार गर्न पहल गरिरहेको चर्चा गर्नु भयो ।
वडा सदस्य मन्जु लाखाजुले रोग लागेपछि उपचार गर्नुभन्दा पहिले रोग नै लाग्न नदिन सचेत हुन वडाका विभिन्न स्थानमा भेलाहरू गर्दै वडाका पुराना र नयां बस्तीका ठाउँहरुमा र्‍याली परिक्रमा गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा डा. रत्नसुन्दर लासिवाले डेंगु रोग हाल तिव्र रूपमा फैलिरहेको चर्चा गर्दै यसबाट बच्न र बचाउन आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानहरूमा पानी जम्न नदिई सफा सुग्घर, राख्नुपर्ने बताउनुभयो ।
र्‍यालीमा विद्यालयका शिक्षक/शिक्षिका, स्थानीय वडावासी, स्वास्थ्यकर्मी, महिला, विद्यार्थी, युवावर्गहरुको पनि उल्लेख्य सहभागीता रहेको थियो भने वडा नर्स प्रास्ना सिल्पकारले पनि बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here