सन्तति विद्यालयमा भव्यतासाथ गुरु पूर्णिमा मनाइयो

0
258

भक्तपुर, असार २६ ।
भक्तपुरको नगरपालिका–१ सिर्जनानगरमा अवस्थित सन्तति आधारभूत विद्यालयमा बिहीबार गुरु पूर्णिमा विशेष कार्यक्रम गरी भव्यतासाथ मनाइएको छ।

विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न सो कार्यक्रममा गुरुहरूप्रति सम्मान प्रकट गर्न विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। बालबालिकाहरूले नृत्य, गीत र कविता वाचनजस्ता विविध कार्यक्रमहरू मार्फत शिक्षकमाथिको आभार व्यक्त गरेका थिए।

विद्यालयका शिक्षकहरूप्रति विद्यार्थीहरूले व्यक्त गरेको सम्मान र स्नेहले सम्पूर्ण वातावरणलाई भावनात्मक तथा हर्षोल्लासमय बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here