सूर्यविनायक नगरपालिका अस्पतालले पायो ५० शैयाको अस्पतालको स्वीकृति:

0
360

भक्तपुर, असार २५ — भक्तपुरको जगातीमा रहेको सूर्यविनायक नगरपालिकाले ५० शैयाको अस्पताल स्थापना गर्न सरकारबाट स्वीकृति प्राप्त गरेको छ। यो स्वीकृति नगरका लागि एउटा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।
स्वास्थ्य पूर्वाधारमा दीर्घकालीन सुधारको अपेक्षा गरिएको यस योजनाले नगरवासीहरूलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ। हालसम्म विभिन्न स्वास्थ्य सेवा लिनका लागि अन्यत्र धाउनु पर्ने बाध्यता रहेको नगरवासीहरूका लागि अब आफ्नै नगरमा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण हुने निश्चित भएपछि उत्साहको वातावरण छाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here