Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर विभिन्न प्रतिवेदन र प्रस्ताव पारित गर्दै भक्तपुर नपाको अठारौँ नगरसभा सम्पन्न

विभिन्न प्रतिवेदन र प्रस्ताव पारित गर्दै भक्तपुर नपाको अठारौँ नगरसभा सम्पन्न

भक्तपुर, २३ असार । असार ६ गतेबाट सुरु भएको भक्तपुर नगरपालिकाको अठारौँ नगरसभा असार २३ गते सोमबार सम्पन्न भयो ।
नगरसभाका सभाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरसभाको सोमबारको बैठकले भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन, २०८२ सर्वसम्मतिले पारित ग¥यो । बैठकले न्यायिक समितिको प्रतिवेदन र नगरपालिकाका कर्मचारीहरूको तलबी प्रतिवेदन, भक्तपुर नपाको वार्षिक खरिद योजनालगायत विविध प्रस्तावहरू पनि पारित ग¥यो ।
सभामार्फत सभाध्यक्ष प्रजापतिले १८ औँ नगरसभा उद्घाटन समारोहका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिगण, बुद्धिजीवी, सञ्चारकर्मी, कर्मचारी, नगरवासीलगायतमा नगरसभा सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउनुहुने सभासद्हरूलाई धन्यवादज्ञापन गर्नुभयो ।
सभाको विशेष समयमा सभासद् विष्णुकेशरी दुवालले भ्रष्टाचारविरोधी आन्दोलन असार १९ र साउन २ गतेबारे चर्चा गर्दै भ्रष्टाचारको विरोध गर्नुभयो । सभासद् रामसुन्दर बासीले न्याकीं देग शीघ्र सम्पन्न गर्न आवश्यक पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र हरियाली व्यवस्थापन गर्न दक्ष जनशक्ति परिचालन गर्नुपर्ने, सभासद् गङ्गालक्ष्मी बमनूले भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पतालमा पार्किङ व्यवस्थापन गर्नुपर्ने र प्रदूषण फैलाउने उद्योग स्थानान्तरणको लागि पूर्व तयारी गर्नुपर्ने, सभासद् मन्जुमैँया लाखाले शिक्षण पेसालाई उत्साहित गर्नुपर्ने र महिलालाई प्रविधिमैत्री बनाउन आवश्यक तालिम दिनुपर्ने, सभासद् हेरा ख्याजुले हनुमन्त्ते खोला सुधार गर्नुपर्ने र पीआईडीको उपचार पोखरी निर्माण योजना शीघ्र सम्पन्न गर्न पहल गर्नुपर्ने, सभासद् कृष्णनारायण दुमरुले नगरकोट सडक निर्माण शीघ्र सम्पन्न गर्नुपर्ने र कमलविनायक आवास योजनामा खानेपानी व्यवस्था गर्नुपर्ने, सभासद् सिद्धिराम अवालले कलाकार अरनिकोको जीवनीबारे चर्चा गर्दै अरनिको सभाभवन शीघ्र सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो ।
सभासद् इन्द्रबहादुर प्याठले सहकारी संस्थाहरूलाई सचेत गर्नुपर्ने र भ.न.पा. ९ को पर्यटन सूचना केन्द्र पुनः सञ्चालन गर्नुपर्ने, सभासद् श्यामसुन्दर मातांले नगर प्रहरीलाई प्रभावकारीरूपमा परिचालन गर्नुपर्ने, सहकारीको खराब ऋण व्यवस्थित गर्नुपर्ने र ढुङ्गेधाराहरूको बन्द निकासहरू खोल्नुपर्ने, सभासद् नारायणप्रसाद त्वानाबासुले गाजाको नरसंहार, निजामती सेवासम्बन्धी विधेयकमा रहेको कुलिङ अफ पिरियड, चोभार गल्छी, रासायनिक मल व्यवस्थाबारे चर्चा गर्नुभयो । सभासद् गोविन्द दुवालले भ्रष्टाचारविरोधी आन्दोलनको चर्चा गर्दै पर्याप्त रासायनिक मल व्यवस्था गर्न पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त सभामा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाको अठारौँ नगरसभाको सङ्क्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments