सुकुन्दा साकोसमा वासिङ मेसिनमा प्रयोग हुने सरफ पाउडर बनाउने तालिम सम्पन्न

0
334

सुकुन्दा साकोसमा वासिङ मेसिनमा प्रयोग हुने सरफ पाउडर बनाउने तालिम सम्पन्न

भक्तपुर, असार २१ । सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको महिला उपसमितिको आयोजनामा वासिङ मेसिनमा प्रयोग हुने सरफ पाउडर बनाउने तालिम सम्पन्न भएको छ। तालिममा ३० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।

स्वदेशमै रोजगारी सिर्जना र महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममार्फत सहभागीहरूले घरमै सरफ उत्पादन गर्ने सीप सिकेका छन्। तालिममा दक्ष प्रशिक्षकमार्फत सरफ बनाउन प्रयोग हुने सामग्री, मात्रा, मिश्रण विधि र प्याकेजिङको बारेमा विस्तृत जानकारी दिइएको थियो।

संस्थाले यस्ता व्यावसायिक सीपमूलक कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ। सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here