भक्तपुर नगरपालिका वडा नं. ९ द्वारा डेङ्गु तथा किटजन्य रोग सम्बन्धी सचेतना र्‍याली सम्पन्न

0
366

भक्तपुर नगरपालिका वडा नं. ९ द्वारा डेङ्गु तथा किटजन्य रोग सम्बन्धी सचेतना र्‍याली सम्पन्न

भक्तपुर, असार २३ । भक्तपुर नगरपालिका वडा नं. ९ कार्यालयको आयोजनामा आज “डेङ्गु तथा किटजन्य रोगहरूबारे सचेतना र्‍याली” सम्पन्न भएको छ। पुराना बस्तीका टोल तथा गल्लीहरूमा सञ्चालन गरिएको र्‍यालीमा स्थानिय बासिन्दा, विद्यार्थी, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै वडा नं. ९ का वडा अध्यक्षले डेङ्गु रोगको बढ्दो संक्रमणलाई नियन्त्रण गर्न समुदाय स्तरमै सचेतना फैलाउनु अत्यावश्यक भएको बताउनुभयो। उहाँले जनस्वास्थ्य सुरक्षाका लागि यस्ता सचेतनामूलक अभियान निरन्तर आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा स्वास्थ्य विशेषज्ञ डा. रत्न सुन्दर लासिवाले डेङ्गु रोगको लक्षण, रोकथामका उपाय तथा उपचारबारे जानकारी दिनुभयो। उहाँले डेङ्गु लागेमा देखिने मुख्य लक्षणहरू – उच्च ज्वरो, टाउको दुखाइ, आँखामुनि दुख्ने, जोर्नी तथा मांसपेशी दुखाइ, र छालामा दाना आउनु लगायतका कुरा बताउँदै लामखुट्टे टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउन सुझाव दिनुभयो।

र्‍यालीका सहभागी विद्यार्थीहरूले “स्वच्छता अपनाऔँ, डेङ्गु भगाऔँ”, “घर आँगन सफा गरौँ”, “लामखुट्टेबाट बचौँ” जस्ता सन्देशसहितका प्लेकार्डहरू बोकेका थिए। चोकचोकमा माइकिङ गर्दै जनचेतनामूलक सन्देशहरू प्रवाह गरिएको थियो।

भोलि असार २४ गते नयाँ बस्ती क्षेत्रमा समेत यस्तै सचेतनामूलक र्‍याली सञ्चालन हुने वडा कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here