भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु हुने, ल्याब रिपोर्ट पनि QR कोडमार्फत

0
72

भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु हुने, ल्याब रिपोर्ट पनि QR कोडमार्फत
भक्तपुरको दुधपाटीस्थित भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले पाँच थान डायलासिस मेसिन उपलब्ध गराएको छ। मिर्गौलाले काम नगर्ने बिरामीका लागि अत्यन्त उपयोगी यो सेवा चाँडै सुरु हुने निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले बताए।

दैनिक तीन सिफ्ट सञ्चालन गरी ४५ जना बिरामीलाई सेवा दिन सकिनेछ। निजी क्लिनिकमा एकपटकको डायलासिस शुल्क रु. २५०० देखि ५५०० पर्छ भने महिनामा औसत १० देखि १२ पटकसम्म डायलासिस गरिनुपर्ने भएकाले निजीमा नियमित उपचार गराउँदा मासिक खर्च औषत रु ५० हजार सम्म खर्च हुनेगर्दछ । भक्तपुर अस्पतालमा यो सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ। औषधि र किटको खर्च समेत सरकारले व्यहोर्नेछ।

वीर अस्पतालपछिको दोस्रो जेठो यो अस्पताल प्रदेश मातहत आएपछि आइसियु, एचडियु, एनआइसियु, सिटी स्क्यानजस्ता सेवा थपिएर उदाहरणीय बनेको छ।

यसैबीच, अस्पतालले ल्याब रिपोर्ट क्युआर (QR) कोडमार्फत उपलब्ध गराउने डिजिटल सेवा पनि सुरु गरेको छ। सेवाग्राहीले अब मोबाइलबाटै रिपोर्ट हेर्न सक्ने छन्।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले यो डिजिटल हेल्थ कार्यक्रमप्रति खुसी व्यक्त गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here