भक्तपुर, असार १८ । फ्युजन नेपालद्वारा भक्तपुरमा निःशुल्क कम्प्युटर तालिम पुनः संचालन हुने भएको छ ।
कम्प्युटर सिकेर आफ्नो काम वा पढाइलाई सहायता पुग्न सकोस् भने उद्देश्यले तालिम संचालन गरेको बताइएको छ ।
कम्प्युटर प्रयोग गरेर आफ्नो अध्ययन, व्यवसाय वा अन्य काममा दक्षता बढाउन चाहनेहरूका लागि यो तालिम उपयोगी हुने विश्वास आयोजकको छ । तालिममा सहभागी हुन चाहने व्यक्तिहरूले आयोजकसँग सिधा सम्पर्क गर्न सक्ने जानकारी भक्तपुर डेलीलाई प्राप्त भएको छ ।
फ्युजन नेपालले विगतदेखी नै निशुल्क तालिम दिदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
+1
1
+1