कक्षा ११ को छात्रवृत्तिका लागि भक्तपुर नगरपालिकाले विद्यार्थीलाई दरखास्त दिन आह्वान

0
501
कक्षा ११ को छात्रवृत्तिका लागि भक्तपुर नगरपालिकाले विद्यार्थीलाई दरखास्त दिन आह्वान

भक्तपुर, असार १९ । भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि दरखास्त आह्वान गरेको छ। नगरपालिका अन्तर्गत रहेका विद्यालयहरूबाट छात्रवृत्तिको लागि १० प्रतिशत कोटा छुट्याइएकोमा त्यस मध्ये ३३ प्रतिशत छात्रवृत्ति नगरपालिकाको निर्णयअनुसार छनोट गरिनेछ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०७४ अनुसार प्रक्रिया पूरा गरी भक्तपुर नगरपालिका शिक्षा शाखा, ब्यासीमा दरखास्त दिन सक्नेछन्। फारम वितरण २०८२ असार १८ गते बिहीबारदेखि सुरु भई, फारम बुझाउने अन्तिम मिति २०८२ असार ३० गते सोमबार तोकिएको छ।
फारम शुल्क रु. २०० तोकिएको छ भने असार ३० पछि दोब्बर दस्तुर तिरी २०८२ साउन २ गते शुक्रबारसम्म पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
छात्रवृत्ति प्राप्तिको लागि आवश्यक परीक्षा २०८२ साउन १० गते शनिबार बिहान ७:३० बजे ख्वप माध्यमिक विद्यालय, देकोचा, भक्तपुर-६ मा सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here