SEE को नतिजा प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

0
194

SEE को नतिजा प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुर, असार १३ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले माध्यमिक शिक्षा परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ ।
यस वर्ष नियमिततर्फ २११८५७ छात्र, २०९७०५ छात्रा र २३ जना अन्यसहित ४२१५८५ जना, ग्रेडवृद्धितर्फ ३४५७० छात्र, ४०९६२ छात्रा र ७ जना अन्यसहित ७५५३९ जना र प्राविधिकतर्फ ९८४८ छात्र, ७०६३ छात्रा जनासहित १६९४७ जना गरी जम्मा २५६३११ छात्र, २५७७३० छात्रा र ३० जना अन्यसहित ५१४०७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
नतिजाअनुसार नियमित परीक्षामा सहभागी भएका ४३८८९६ परीक्षार्थीमध्ये जिपिए ३.६ देखि ४ सम्म ४८१७७ जना, जिपिए ३.२ देखि ३.६ सम्म ८१३८५ जना, जिपिए २.८ देखि ३.२ सम्म ८९१२४ जना, जिपिए २.४ देखि २.८ सम्म ४८४७९ जना, जिपिए २.० देखि २.४ सम्म ४१२६ जना, जिपिए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएका छन् । १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । अवर्गीकृत परीक्षार्थीको सङ्ख्या १६७५९७ रहेको छ । उत्तीर्णका आधारमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here