भक्तपुर, असार १४ । भ.न.पा. वडा नं ७ चोर्चा दिदी बहिनी समुहको आयोजनामा गर्मी मौसम लगतै तीब्र रूपमा फैलिरहेको सरुवा रोग डेंगु सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमका प्रमुख अतिथि भ.न.पा का उप-प्रमुख रजनी जोशीले महिलाहरू शिक्षितका साथसाथै सचेत भई अघि बढ्नुपर्ने चर्चा गर्दै भक्तपुर नगरपालिकाले महिलालाई प्रविधिमैत्री र शीपयुक्त बनाउन आ व २०८२/८३ को बजेटमा निरन्तर शिक्षाको लागि बजेट विनियोजन गरेको कुरा जानकारी गराउनु भयो ।
भ .न.पा.ले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा निरन्तर जनताको साथ र सहयोगले अघिबढिरहेको चर्चा गर्दै उहांले कृषि प्रधान देशमा धान रोप्ने समयमा किसानले मल समयमै नपाउनु पुजीवादी शासकहरुको दोष रहेको चर्चा गर्नु भयो । साथै जनतालाई सहज रूपमा स्वास्थ्य सेवा दिदै ख्वप अस्पतालले क्रमश: सेवाहरू थप विस्तार गर्दै लगिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा डा. रत्न सुन्दर लासिवाले गर्मी मौसम सगै विभिन्न सरुवा रोगबाट संक्रमित बिरामीहरू बढिरहेको चर्चा गर्दै डेंगुबाट बच्न सचेतना अपनाउनुपर्ने आग्रह गर्नुहुदै खोज र नष्ट अभियान संचालन गर्नुपर्नेमा जोड दिदै डेंगुरोग सम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो ।
सिद्धि गणेश साकोसका अध्यक्ष रुद्र नारायण लाखाले सिद्धि गणेशले स्वास्थ्य क्लिनिक संचालन गर्दै सामान्य जांच, दन्त सेवा, फिजियोथेरापी लगायत हरेक विहिबार मुटुरोग सम्बन्धी सेवा पनि विस्तारै गर्दै लगेको जानकारी गराउनु भयो ।
दन्त चिकित्सक सिता दुमरुले दाँत स्वस्थ राख्ने प्रस्तुति दिदै स्वस्थ दाँत राख्न नियमित दात माझ्नुका साथै हरेक ६/६ महिनामा परिक्षण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यक्रम संयोजक मन्जु लाखाजु पनि बोल्नु भएको थियो भने का. शोभा प्रधानको सम्झनामा निर्मित Podcart सम्बन्धी भिडियो पनि देखाइएको थियो ।


















