भक्तपुर, जेठ १६ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा उद्योग वाणिज्य कार्यालयको सहकार्यमा भक्तपुरको नःपुखु परिसरमा दुईदिने घरेलु उत्पादन प्रवद्र्धन मेला २०८२ को आज उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुरको कला संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउने उद्देश्यले भक्तपुर नपाले भक्तपुर महोत्सव सम्पन्न गरेको बताउँदै उक्त महोत्सवमा भक्तपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग संघको पनि सक्रिय सहभागिताको लागि धन्यवादज्ञापन गर्नुभो ।
भक्तपुर अहिले पर्यटकीय नगरको रुपमा विकास भइरहेको र वर्षेनी करिब ३ लाख विदेशी पर्यटकहरुले भक्तपुर भ्रमण गर्ने गरेको तथ्यांक उल्लेख गर्दै उहाँले भक्तपुर नपाले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिँदै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।
विश्व व्यापार संगठनमा नेपाल सदस्य भएपछि घरेलु तथा साना उद्योगहरु ओझेलमा पर्दै आएको बताउँदै विदेशी सामानको आयातले घरेलु उद्योगहरु मारमा परेको उहाँले बताउनुभयो ।
उद्यमीहरुबीच स्वस्थ प्रतिस्र्धाको खाँचो रहेको बताउँदै उहाँले युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सके युवा विदेशिने क्रम रोकिने बताउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले घरेलु उद्योगको प्रवद्र्धनस्वरुप संघले समय समयमा यस्ता मेला तथा महोत्सवहरुको आयोजना र सहभागिता जनाउँदै आएको बताउँदै स्थानीय उद्योग संरक्षणमा स्थानीय तहको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माले दुई दिने मेला उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्दै घरेलु उद्योगहरुले आत्मनिर्भर र रोजगारी सिर्जना गर्न सहयोग पु¥याइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका चन्द्रकृष्ण बाडे, संघका पूर्व अध्यक्ष विरेन्द्र जति, नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर घरेलु तथा साना उद्योग संघका कमलकेशरी खर्बुजाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले मेलाको स्थलगत अवलोकन गर्नुभई व्यवसायीहरुलाई उत्साह प्रदान गर्नुभएको थियो ।
भक्तपुरमा दुईदिने घरेलु उत्पादन प्रवद्र्धन मेला सुरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
RELATED ARTICLES