भक्तपुर, २ जेठ । शुक्रबार बासु माविका शिक्षकहरूबिच ‘श्रमिक साप्ताहिकको सम्पादकीय सङ्कलन’ पुस्तकको अध्यययन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले ‘श्रमिक’ साप्ताहिकले राज्यको चौथो अङ्गको भूमिका निर्वाह गर्दै राज्यसामु सही समयमा सही प्रश्न उठाएको विचार राख्नुभयो । उहाँले ‘श्रमिक’ साप्ताहिकले माक्र्सवादी विचारलाई आत्मसात गर्दै कामदार वर्गीय आवाजलाई बुलन्द गरिरहेको भन्दै पत्रिकाले विश्वका न्यायपूर्व आन्दोलन तथा सङ्घर्षलाई तुलनात्मकरूपमा बढ्ता स्थान दिएको उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले पुस्तक अध्ययन केवल अध्ययनको निम्ति नभएर बुझेको कुरा अभिव्यक्त गर्नुपर्ने भन्दै पुस्तक पढ्दा आलोचनात्मक रूपमा अध्ययन गर्नु उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले पुसतकमा के छ मात्र होइन के छैन भन्नेमा पनि ध्यान दिनु उपयुक्त हुने विचार राख्नुभयो ।
शिक्षकले ज्ञान दिने मात्र नभई ज्ञान आर्जनको तरिका दिनुपर्ने उहाँको तर्क थियो । उहाँले नयाँ पुस्तालाई जिम्मेवार, उत्तरदायी तथा जवाफदेही बनाउनमै ध्यान केन्द्रित गर्नुपर्ने भनाइ राख्दै विद्यार्थीलाई आत्ककेन्द्रित हुन बाटो जोगाउनुपर्ने धारणा राख्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले शिक्षकको व्यक्तित्व विकाससँगै सैद्धान्तिक र वैचारिक परिपक्वताका निम्ति नियमित अन्तरक्रिया कार्यक्रम हुनुपर्ने भनाइ राख्नुभयो । सबैले आ–आफ्नो क्षेत्रबाट निःस्वार्थरूपमा जिम्मेवारी बहन गरेको खण्डमा विद्यालयलाई अझ व्यवस्थित र स्तरीय बनाउन सकिने कुरा अतिथि बासुकलाले बताउनुभयो ।
विद्यालयका प्र.अ. रविलाल प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहायक प्र.अ. राजकुमार ह्यौँमिखाले स्वागत गर्नुभयो ।
कार्यक्रममा शिक्षकहरू पुनेन्द्रप्रसाद कुसी, रामकुमार निरौला, रामहरि ताम्राकार, विष्णुप्रसाद दुमरु, प्रेमकुमार थापामगर, रमिता कोजु, उषा सुजखु, नानु मगर, कञ्चन कुमारी, साजन साखकर्मी, प्रिया कोजु, रमेश चालिसे र सुष्मा काफ्लेले आ–आफ्नो विचार राख्नुभएको थियो ।
बासु माविका शिक्षकहरूबिच पुस्तकको अध्यययन गोष्ठी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
RELATED ARTICLES