Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home कृषि ख्वप साकोसको आयोजनामा धानको ब्याड राख्ने सम्बन्धि अभिमुखिकरण

ख्वप साकोसको आयोजनामा धानको ब्याड राख्ने सम्बन्धि अभिमुखिकरण


भक्तपुर, जेठ ३ । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को कृषि उपसमितिको आयोजनामा ब्यासी टोलमा धानको ब्याड राख्ने सम्वन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले ख्वप साकोसको स्थापना आज भन्दा १७ बर्ष अघि भएको जानकारी दिंदै संस्था समुदाय आधारित भएकोले विभिन्न प्रकारका गतिविधी समुदायका लागि गर्दै आईरहको छ । धानमा ब्याड राख्ने सम्वन्धी अभिमुखिकरण कार्यक्रमले कृषकहरु लाभांवित हुने आशा प्रकट गर्नुभयो ।
कार्यक्रममा ख्वप साकोस कृषि उपसमिति संयोजक कृष्ण प्रसाद आचार्यले संस्थाले नियमित रुपमा रासायनिक मल र नगरपालिकाबाट उत्पादित कम्पोष्ट मल वितरण गरिरहेका जानकारी गराउनु भयो ।
कार्यक्रममा प्रशिक्षक ग्रेसा सुवालले विउको महत्व र धानको ब्याड राख्ने सम्वन्धमा जानकारी दिंदै टाइचिङ्ग धानको बीउबाट पोटा छुत्याउने वैज्ञानिक प्रविधि प्रस्तुत गरी कृषकहरुलाई जानकारी गराउनु भयो । कार्यक्रममा ४० जना कृषकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments