Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर भक्तपुरको गणेश माविमा नमुना निर्वाचन अभ्यास

भक्तपुरको गणेश माविमा नमुना निर्वाचन अभ्यास

भक्तपुर, जेठ २ । विहानको करिब ११ बज्न लागेको थियो भक्तपुर नगरपालिका वडा नं १ स्थित गणेश माविका विद्यार्थीहरु निर्वाचन अभ्यासमा भाग लिइरहेका थिए । विद्यार्थीहरु विभिन्न समूहमा विभाजित भएर टोली नेता र सहायक नेता छान्नको लागि विद्यार्थीले निर्वाचनका लागि गर्नुपर्ने सबै भूमिका निर्वाह गरिरहेका देखिन्थे ।
विद्यालयको प्रांगणमा छात्र र छात्राका लागि छुट्टाछुट्टै लाइन, निर्वाचन अधिकृत, मतदाताको नामावली रुजु गनर्,े निर्वाचन अधिकारीहरु, मतपेटिका, गोप्य मतदान गर्ने स्थान, प्रहरीहरु लगायतको संरचना र तयारी राष्ट्रिय निर्वाचनकै जस्तै माहोल देखिन्थ्यो । निर्वाचन अधिकृत अतिरिक्त थियो अतिरिक्त कृयाकलापका इन्चार्ज शिक्षिका, मतदाता विद्यार्थी, प्रहरी पनि विद्यार्थी अनि पत्रकार पनि विद्यार्थी ।
एकैछिनपछि मतदान सुरु भयो । शिक्षक तथा विद्यार्थीहरु पालैपालो लाइनमा बसेर आफ्‌नो नामावली हेर्दै मतपत्र लिदै मतदान गरे ।
निर्वाचन नमुना अभ्यास कार्यक्रममा कक्षा ४ देखि १० सम्मका ३८७ जना विद्यार्थी तथा शिक्षकशिक्षिकाहरुले नमुना मतदान गरेका थिए । नमूना मतदानमा कूल ४ वटा समूह पहेंलो, हरियो, निलो र रातो समूहको लागि क्रमशः ९ जनाले क्याप्टेन तथा ७ जनाले सहायक क्याप्टेन, ३ जनाले क्याप्टेन तथा ८ जनाले सहायक क्याप्टेन, ३ जनाले क्याप्टेन तथा ७ जनाले सहायक क्याप्टेन र ६ जनाले क्याप्टेन तथा ४ जनाले सहायक क्याप्टेनमा उम्मेदवारी दिएका थिए । मतदानपछि ४ वटा समूहबाट १ जना क्याप्टेन र २ जना सहायक क्याप्टेन चयन भएका थिए ।
विद्यालयका अतिरिक्त कृयाकलापका इन्चार्ज शिक्षिका लक्ष्मीश्वरी दुवालका अनुसार विद्यार्थीहरुलाई मतदान गर्ने प्रक्रिया सम्बन्धि जानकारी गराउने र आफूलाइ मन परेको प्रतिनिधि कसरी छान्ने भन्ने उद्देश्यले विद्यालयमा क्याप्टेन र सहायक क्याप्टेनको चयनका लागि निर्वाचन गरिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले नमूना मतदानपछि विद्यार्थीहरुलाई चुनावको धारणा विकास गर्ने भएकोले यसलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले मतदानले योग्य उम्मेदवारहरु छनौट हुने र विद्यालयको विकासमा क्याप्टेन र सहायक क्याप्टेनको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments