भक्तपुर, बैशाख २७ । उदय बचत तथा ऋण सहकारी संस्थाको लिमिटेडले शनिबार गुण्डु स्थित लिखानारायण परिसरमा बाल बचतकर्ताहरुलाई वनभोज तथा गत मा सम्पन्न अंग्रेजी हस्तलेखन प्रतियोगिता र वनभोज कार्यक्रममा संचालन भएका विविध खेलकुदको पुरस्कार वितरण समेत गरियो ।
पुरस्कार वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष न्हुछे बहादुर प्रजापतिले संस्थाका विविध कार्यक्रममा बालबालिकालाई सहभागी गराउने उद्देश्यसाथ हरेक वर्ष बाल भ्रमण तथा वनभोज कार्यक्रम गर्दै आएको बताउँदै बालिक भएपछि संस्थाको बाल बचतकर्तालाई विभिन्न उपसमिति सदस्य बनाउन सकिने व्यवस्था रहेको बताउनुभयो ।
संस्थाका व्यवस्थापक पूण्यराम गोसाईले विद्यालयमा सिकेको सीप र शिक्षा विभिन्न क्षेत्रमा आवश्यक रहेको बताउँदै व्यवहारिक रूपमा साथीभाइसँग मिलिजुली र सहकार्य गरेर अघि बढ्न जोड दिनुभयो ।
वनभोज तथा पुरस्कार वितरण कार्यक्रममा गत मा संचालन भएको अंग्रेजी हस्तलेखन प्रतियोगिताका प्रथम विना बुढाचार्य, द्वितीय श्रेणी कासिछ्वा तथा तृतीय आयुश्री लोचन प्रजापतिलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
सोही कार्यक्रम अन्तर्गत संचालन भएको तातो आलु खेलका उत्कृष्ट खेलाडी बेलुन फुटाउने खेलका उत्कृष्ट खेलाडी तथा घ्याम्पो फुटाउने खेलका उत्कृष्ट खेलाडी लाई आकर्षक पुरस्कार वितरण गरिएको थियोे ।
वनभोजको क्रममा बाल बचतकर्ताहरुलाई गुण्डुकै पलाञ्चोक भगवती, पाठीभरा माई लगायत हवाईजहाज क्षतिस्थलको अवलोकन भ्रमण तथा साकेला नाच समेत देखाईयो ।