कानुन व्यवसायीहरुले देश र जनताको पक्षमा कानुन निर्माण गर्न सहयोग गर्नुपर्ने

0
287

भक्तपुर, बैशाख २७ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुन व्यवसायीहरुले नयाँ नयाँ कानुनको अध्ययन गर्ने, देश र जनताको हितको पक्षमा कानुन निर्माणको लागि आवश्यक सहयोग गर्ने तथा संसदमा प्रस्तुत विधेयकबारे नियमित अध्ययन गरी जनतालाई सचेत पार्ने काममा निरन्तर लागिरहनु पर्ने बताउनु भयो ।
कानुन अध्ययन समाज नेपालको प्रकाशन ’न्यायदृष्टि’ सार्वजनिकीकरण गर्नु हुँदै प्रमुख अतिथि प्रजापतिले न्यायदृष्टि प्रकाशनको निरन्तरताको कामना गर्नु भयो ।
शासक दलहरु, संसद र सरकारले आफ्नो जिम्मेवारीअनुसार काम नगरेको कारण देशले अहिलेको दुर्दशा भोग्नु परेको बताउनुहुँदै उर्हाले भन्नुभयो— दलहरुले सिद्धान्त त्याग गरेपछि जस्तोसुकै ठूलो पार्टी पनि पतन हुन्छ । समाजवादी विचार त्याग गरेकै कारण सोभियत संघ पतन भएको उदाहरण हाम्रो सामु ताजै छ । त्यसैले कानुन व्यवसायीहरुले क्रान्तिकारी विचारमा आबद्ध भएर निरन्तर काम गर्नु पर्छ । पैसाको लागि आफ्नो विचार त्याग्न हुँदैन ।
निस्कृय हुनेहरुको अस्तित्व विलाएर जानेतर्फ ध्यान दिनु पर्ने बताउनु हुँदै उहाँले कानुन अध्ययन समाजका सदस्यहरुले राष्टिय र अन्तराष्टिय कानुनको अध्ययन गरी जनताको सेवा गर्नु पर्ने बताउनु भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभाका सदस्य सुरेन्द्र राज गोसाईले न्यायदृष्टिमा समाजलाई योगदान गर्ने लेखहरु प्रकाशन गर्न सफलताको निम्ति शुभकामना व्यक्त गर्नु हुँदै प्रकाशनको अन्तरक्रिया गर्न जोड दिनु भयो ।

उहाँले कानुन व्यवसायीहरुले जनताको निम्ति लेख्न र बोल्न छोड्न नहुने बताउँदै भन्नुभयो — वकिलहरुले जनताको समस्यामा नबोलेमा त्यो धोका र विश्वासघात गरेको ठहरिने छ । कानुन व्यवसाय नभई सेवा क्षेत्र हो ।’
कार्यक्रममा ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी र अधिवक्ता शिवराम बोहजुले न्यायदृष्टि प्रकाशनको औचित्य बारे प्रकाश पार्नु भएको थियो भने कानुन अध्ययन समाज नेपालका अध्यक्ष राम प्रसाद प्रजापतिको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here