दही व्यवसाय संघ भक्तपुरका अध्यक्षलाई कारबाही

0
335

भक्तपुर, बैशाख २६ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा व्यासी र च्याम्हासिंह जगातीमा शुक्रबार अनुगमन गरियो ।
अनुगमनमा खाद्यको अनुज्ञापत्र विना नै प्याकेजिङ गरी व्यवस्थित लेवल बिना विक्रि वितरण गरेकोले सैंजू दुग्ध दही उद्योगलाई पाँच हजार जरिवाना गरेको छ ।
अनुगमनमा लक्ष्मी दही भण्डार पसल नविकरण गर्न, खाद्यको अनुज्ञापत्र लिई लेवल राखी विक्रि वितरण गर्नुपर्नेमा अनुज्ञापत्र विना सामान्य लेवल राखेकोमा पनि मुल्य नभएकोले मूल्य राख्न निर्देशन दिई सरसफाईमा ध्यान दिन र भ्याट वा प्यान विल प्रयोग गर्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
सैंजू दुग्ध दही उद्योग पसल नविकरण गर्न, सरसफाईमा ध्यान दिन, दही, लालमोहन, पुष्टकारी, गुडपाक, घ्युमा खाद्यको अनुज्ञापत्र लिई लेवल राखी विक्रि वितरण गर्न निर्देशन दिई लेवल भएको, सामान्य लेवल पनि उत्पादन गर्ने समयको नराखी बेच्ने बेलामा मात्र पछि उत्पादन मिति राख्ने गरेकोले पा“च हजार रुपैंया जरिवाना सहित तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षले बताउनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका शिव कार्की, यादव प्रसाद मिश्र, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका लक्ष्मी प्रसाद कासुला, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका दृष्टि ढकाल, सरोज पौडेल, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलगायत पत्रकारहरु, भनपा श्यानिटेशका प्रमुख दिलिप कुमार सुवाल, वडनिरिक्षक रामकृष्ण प्रजापति सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here