Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर जनताका कलाकार रामेश श्रेष्ठद्धारा लिखित पुस्तक परिसम्वाद

जनताका कलाकार रामेश श्रेष्ठद्धारा लिखित पुस्तक परिसम्वाद

भक्तपुर, । जनताका कलाकार रामेश श्रेष्ठद्धारा लिखित जीवनका संघर्षका ज्वारभाटाहरु पुस्तक परिसम्वाद कार्यक्रम केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि. र सार्थक जनसंगीत प्रतिष्ठानको आयोजनामा प्रमुख व्यक्तित्व रामेश श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिवार एक कार्यक्रमविच सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख व्यक्तित्व रामेश श्रेष्ठले भक्तपुरले अहिले अभिभावकीय भुमिकामा रहेको सबैले उल्लेख नगरेपनि मन भित्र राम्रो भन्ने रहेकोले भक्तपुर बाहिर व्यापक हुन नसकेको बताउँदै शिक्षा, सरसफाई लगायतमा गरेको प्रगति भक्तपुरबाट सिक्न भक्तपुरले गरेको प्रगति व्यापक बनाउनु पर्ने बताउनुभयो । उहाँले काठमाण्डौंका प्रमुख बालेनले समेत भक्तपुरबाट सिक्नुपर्ने बताउनुभएको सुनाउँदै आम देशमा फैलिन नसकेकोमा दुखेसो व्यक्त गर्नुभयो ।
उहाँले राल्फाबाट पंचायत विरुद्ध गीति अभियान सुरु गरेर कांग्रेसले बीस बर्षमा गर्न नसकेको पाँच बर्षमा व्यापक भएको पार्टी सत्तामा पुगेपछि देश र जनताको हितमा काम नगरेकोले अर्को व्यवस्था परिवर्तनको लागि सबै फेरी जुट्नु पर्ने बताउनुभयो ।
उहाँले देश भनेको भुमिमात्र नभई जनताको सुख भएको बताउँदै अगुवा नेताहरुले हसिया हथौडाको झण्डाको दुरुपयोग गरेर देशलाई बर्बाद गरे तर त्यहि झण्डा बोकेको चीन विश्वको पहिलो देश बन्न लागेको बताउनुभयो । उहाँले राजा महेन्द्रले बरु प्रगतिशील काम गरेको बताउँदै बरु नेताहरुले राजनीतिक बदमास गरेको बताउनुभयो ।
उहाँले गीतले शक्ति र उर्जा भएको उदाहरण गाउँ गाउँ बाट उठ गीतले उर्जा दिएको तर यो गीतलाई राष्ट्रगान बनाउनेमा गिरिजा बाधक बनेको बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि जनकवि चन्द्र बहादुर उलकले राल्फा संगितिक समुह वर्ग विहिन समाज निर्माणको लागि स्वय्‌मस्फूर्ति अगाडि बढेको लोकप्रिय र बोझिलो संस्था सिद्धिचरण श्रेष्ठ भेटमा राल्फालाई सम्पर्कमा राख्नु भनेको बताउनुभयो । उहाँले राल्फा गीत संगीतबाट जनता उठाउने कार्यलाई बाँझो हाल्न विभाजन भई चौम र नक्सावादी आन्दोलन र व्यक्तिहत्याबाट प्रभावित अराजक मालेमा विभाजित हुँदा एक अर्का प्रति शंका उपशंकाबाट हेर्ने गरेको बताउनुभयो । उहाँले रामेशलाई पार्टीले दुरुपयोग गरेको बताउँदै शोषण अन्याय, अत्याचारबाट विरक्त भएर चीन, रुस र क्युवाबाट मान्छे कसरी कम्युष्टि बन्दो रहेछ भने कुरा बताउनुभयो । उहाँले सिद्धान्त अनुसार व्यवहारमा लागु गर्दा पार्टीहरु प्रति जनताको विश्वास घटेकोले जनता संगठित गरी भक्तपुरले शिक्षा, स्वास्थ्य, सरसफाई, सम्पदा संरक्षणमा गरेको प्रगति नेपाल मजदुर किसान पार्टीको देन भएको बताउनु भयो ।
कार्यक्रममा इतिहासविद् डा.पुरुषोत्तम लोचन श्रेष्ठले वीर ध्वजा, न्याय विसिनि र गछेंको सिद्धनारायण मन्दिरको लेख लेखेको चर्चा गर्दै दु:खमा साथ दिने व्यक्ति सच्चा मित्र हुने बताउँदै मित्रघाटले पृथ्वी नारायण शाहले रणजित मल्ललाई राज्य छोड्न बाध्य बनाएको इतिहाससंग जोडेर जीवन संघर्षका ज्वारभाटाका लेखक रामेश श्रेष्ठलाई पनि साथीहरुले खुट्टा तान्ने प्रवृति रहेको बताउनुभयो । उहाँले शब्दमा शक्ति भएको बताउँदै संसार बदल्न सक्ने भएकोले गाउँ गाउँबाट उठ गीत राष्ट्र गीत घोषणा नगरेपनि अन्तर्राष्ट्रिय गीत भएको विभिन्न भाषामा अनुवादले प्रष्ट भएकोले गीतमा संसारलाई बदल्ने तागत छ भन्नुभयो ।

कार्यक्रममा प्राध्यापक विश्व मोहन जो्‌शीले हरेको जीन्दगीमा ज्वारभाटाहरु हुने बताउँदै व्यक्त गर्ने शैलीमात्र फरक भएको बताउनुभयो । उहाँले अनुभव सम्पत्ति भएको बताउँदै सिकेर परिकृष्ट हुने भएकोले सिकेका कुरा व्यवहारमा उतार्न सके पुस्तकको सार्थक हुने बताउनुभयो । उहाँले लाखौ भक्तजनहरु दर्शनको लागि आएको बताउँदै सहयोग गर्ने एकै जना भएको कथा सुनाउँदै देशमा कम्युनिष्ट पार्टीहरु र नेताहरु धेरै भएपनि सिद्धान्त अनुसार व्यवहार गर्ने एकै पार्टी र नेता भएको नेमकिपा र का.नारायणमान विजुक्छे भएको बताउनुभयो ।
अमृत साइन्स क्याम्पसका पूर्व प्रमुख पुष्पलाल हुमागाईंले गाउँ गाउँबाट उठ गीतले चेतनाको लहरले देशमा केही होला भनेको त पचास लाख भन्दा बढी युवाहरु विदेशीएपनि जनताको दुख नघटेको बताउनुभयो । उहाँले नेताहरुको राजनीतिक बेइमान, सामन्तहरुले गर्ने हेलाहोचो शिक्षा नीति र राजनीतिक व्यवस्था नमिलेको बताउनुभयो । उहाँले पञ्चतत्वबाट बनेको शरीर जमिनसंग प्रत्यक्ष जोड्नु पर्ने बताउँदै रक्सी खाने बानी ठिक नभएको बताउनुभयो । 
त्यस्तै गाउँ गाउँबाट उठ गीतका लेखक श्याम तमोतले केदारनाथ साकोसले यो किताबको परिसंवाद कार्यक्रम गर्दैमा कम्युनिष्टको नभएको बताउँदै कम्युनितिको विकास र प्रतिभा विकास गर्ने सहकारी विभिन्न पार्टीका जनता र स्वतन्त्र जनता सबैको सहकारी हो भन्नुभयो । उहाँले राल्फा हिमाल झै अटल र सतिसालको रुख भएको बताउँदै प्रजातन्त्र पछि स्वतन्त्रता प्राप्ता भई धेरै विकास निर्माणले गौरब गर्ने ठाउँ भएकोले निराशा र नकारात्मक शब्दहरु छोडेर अझ प्रगतिको लागि कामदार जनता र बहुसंख्यक गरिब जनताको हितमा काम गर्न व्यवस्था परिवर्तन आवश्यक भएको बताउनुभयो । उहाँले प्रेमको नाममा छाडा संस्कृति, निराशा पस्किने गीत संगीत सृजना नगरेको बताउँदै संघर्षले जीवन बदल्ने बताउनुभयो । 

कार्यक्रममा संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले पुस्तक परिसंवाद भनेको पुस्तकको विषयवस्तु, सन्देश, शैली, लेखकको दृष्टिकोण र सामाजिक सन्दर्भमा पुस्तकको महत्वबारे चर्चा गरिन्छ अथवा विचार विमर्श गर्ने बताउनुभयो । उहाँले “जीवनसंघर्षाका ज्वारभाटाहरू“ एक आत्मीय र मार्मिक कृति हो, जसमा लेखक रामेश श्रेष्ठले आफ्ना जीवनका कठिन संघर्षहरू, सामाजिक बाधाहरू, वर्गीय विभाजन र श्रमजीवी वर्गको जीवन यथार्थलाई साहित्यिक भाषामा प्रस्तुत गरेको बताउनुभयो ।
उहाँले लेखकले आफ्नो बाल्यकालदेखि व्यावसायिक जीवनसम्म भोगेका चुनौतीहरूलाई गहिरो भावनात्मक र वैचारिक गहिराइका साथ प्रस्तुत भएको बताउँदै जसले पाठकको मन छुन्छ र सोच्न बाध्य बनाएको बताउनुभयो । उहाँले यो किताव अध्ययनले फेरी पनि रामेशहरु जन्मिने बताउनुभयो ।
कार्यक्रममा लोक सेवा आयोगका पूर्व अधिकृत मणिरत्न बज्राचार्यले यो कृति विशेषतः युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेको बताउँदै जहाँ इच्छाशक्ति, परिश्रम र आत्मविश्वासले कसरी जीवनलाई दिशा दिन सक्छ भन्ने कुरा स्पष्ट पारेको बताउनुभयो । उहाँले ’रामेश श्रेष्ठको जीवनसंर्घषका ज्वारभाटाहरु’ एक पठनीय, सन्देशमूलक र प्रेरणादायी कृति हो, जसले नेपाली साहित्यमा आत्मकथाको विधालाई थप समृद्ध बनाएको बताउनुभयो ।
कार्यक्रम केदारनाथ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजभाई तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रम व्यवस्थापक दयाराम तजले, कोषाध्यक्ष साजन कसपालको व्यवस्थापनबाट सम्पन्न भएको पुस्तकको विचरा विमर्श गर्नुभएको थियो भने उद्घोषक ऋषिकेश श्रेष्ठले संचालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments