कमलबिनायकमा बजार अनुगमन, लेवल नराखी सामानहरु विक्रिवितरण

0
481

भक्तपुर, बैशाख ३० । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरियो । अनुगमनमा खाद्य अनुज्ञापत्र विना प्याकेजिङ गरी लेवल नराखी सामानहरु विक्रिवितरण गरेको पाइएको संयोजक गोराले बताउनुभयो ।
अनुगमनमा मेगा मार्ट प्रा.लि.मा ढक तराजु तीन दिन भित्र नविकरण गर्न,खाद्य प्रविधि तथा गुण नियन्त्रणको प्रमाणपत्र नविकरण गरि सात दिन भित्र कागजात सहित नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
त्यस्त कक्षपति किराना पसल नविकरण गर्न, खाद्य अनुज्ञापत्र विना प्याकेजिङ गरी लेवल नराखी सामानहरु विक्रिवितरण गरेकोले खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र सामान विक्रिवितरण गर्न, सरसफाईमा ध्यान दिन र म्याद नाघेको सामानहरु सिजनल टेष्टिङ पाउडर १२ पाकेट, भि जोह्‌न सेभिङक्रिम १२ वटा, पतञ्जलीको दन्दक्रान्ति मञ्जन २ वटा, एन–राट मुसा टास्ने गम १ वटा, चउमिन मसल १ पाकेट, जसमिनको मःमःमसला ३ पाकेट, सातमोल बदाम सानो ६० पाकेट, प्राणक्रेकर आलुचिप्स १२ पाकेट, दुधवाला चकलेट १६ पाकेट जफत गरी नष्ट गरियो ।
नारायण किराना स्टोरमा ग्यास पसलको नविकरण गर्न, मुल्य सूचि राख्न, पेटी र पेटी मुनि सामान नराख्न र म्याद नाघेको सामानहरु पसलमा नराखी छुट्टै राख्न निर्देशन दियो ।
अनुगमन समितिका सदस्यहरु कार्यपालिका सदस्य श्यामकृष्ण खत्री, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी कमलकुमार श्रेष्ठ, उद्योग बाणिज्य संघका गौतम सुजखू, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here