भक्तपुर, बैशाख २० गते ।
वरिष्ठ गायक एवं संगितकार दीप श्रेष्ठको एकल साँझ शनिबार सल्लाघारी स्थित इम्पेरियल बैक्वेटमा सम्पन्न भएको छ । साँझमा गायक श्रेष्ठले आफ्ना लोकप्रिय गीत सुनाउनुभएको थियो । ‘दिप श्रेष्ठ म्युजिकल इभ २०८२’ नाम दिइएको साँझमा गायक श्रेष्ठले ´म पत्थरको देवता होइनभन्ने गीत गाएर आफ्नो प्रस्तुति सुरु गरेका थिए । त्यसपछि ‘कति कमजोर रहेछ भाग्य’, ‘सुनिदेउ सानो छदाको कथा मैले बामे सर्दाको कथा’ ‘भन्थिन मेरी उनी मन’, ´हु यात्री
, ´हर रात सपनीमा, ‘निष्ठुरीले छाडेर गइहाली’ लगायत डेढ दर्जनभन्दा गीतहरु प्रस्तुत गर्नुभयो । ‘हर रात मेरा निदहरु चिसो बतासले
गीत गायिका दृष्टि श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने गायिका सोफिया श्रेष्ठले फूलको गाला भिजाएर´ गीतमा स्वरमा साथ दिनुभएको थियो । त्यस्तै
मुटुको ढोला खोलेर´ गीतमा गायक दिप श्रेष्ठलाई समृद्धि परियारले स्वरमा साथ दिनुभएको थियो ।
साङ्गीतिक साँझमा भक्तपुरका स्थानीय गायक गायिकाहरु, कलाकारहरुको पनि सहभागिता रहेको थियो ।
भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त रुपमा दीप श्रेष्ठको एकल प्रस्तुती सांगीतिक साँझ भएको हो ।
भक्तपुरमा वरिष्ठ गायक दीप श्रेष्ठको एकल सांगीतिक साँझ सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
RELATED ARTICLES