Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home खेलकुद फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई 

फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई 

भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना भएको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुरले नै राख्न सफल भएको छ । 

नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा वैशाख १९ र २० गते आयोजित प्रतियोगितामा ३ स्वर्ण र ४ रजत पदक सहित भक्तपुरले उपाधि आफसँगै राखेको हो । 

यस्तै प्रतियोगितामा टिम द्दितिय भने मेन रोजो रङ्गशाला हुन सफल भएको थियो मेन रोजो रङ्गशालाले २ स्वर्ण सहित टिम द्दितिय भएको थियो भने १ स्वर्ण २ रजत सहित फाइट क्लब तेस्रो हुन सफल भएको थियो । 

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी भने महिला तर्फ अस्मिता दोङ तामाङ भएकी थिइन भने पुरुष तर्फ सुनिम श्रेष्ठ भएका थिए । 

प्रतियोगिता सुरुवात गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले खेलको विकास सँगै समाजको पनि विकास हुने बताउनुभएको थियो । उहाँले खेलाडी भनेका देशका गहना भएका कारण उनीहरूको वृत्ति विकासमा ध्यान दिन सके र राम्रो खेलको विकास गर्न सके हामीले विश्व विजेता हुन कहीँ जानु नपर्ने उहाँले बताउनुभएको थियो । 

पहिलो पटक भक्तपुरमा आयोजना भएको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताले भक्तपुरमा यो खेल प्रति झन् आकर्षण बढ्ने समेत उहाँले बताउनुभएको थियो । 

प्रतियोगितामा महिला र पुरुष गरी ११ तौल समूहमा खेल खेलाइएको थियो भने दुई वटा प्रो फाईटको आयोजना गरिएको थियो । 

प्रतियोगितामा भएको  दुई प्रो फाइट मा सिरिस भुजु र प्रवीण मोक्तान प्रथम भएका थिए भने विशाल शाही र सुजित गुरुङ दोस्रो भएका थिए । 

यस्तै खेलमा ५१ केजी पुरुष तर्फ सन्जु सुब्बाले स्वर्ण पदक विजय गरेका थिए भने अभिनव थापाले रजत, संम्योग राई र कुशल लामाले कांस्य पदक विजय गरेका थिए । 

५४ केजी पुरुष तर्फ भने स्वर्ण आशिक कोली, रजतजगदिश विश्वकर्मा, कास्यमा तीर्थ तामाङ र सञ्जय तामाङले हासिल गरेका थिए । 

यसै गरी ५७ केजीमा विबद्र राईले स्वर्ण, ज्ञान धोज गोलेले रजत अनि सञ्जय लामा र सिसिर सुनारले कांस्य पदक हात परेका थिए भने ६३.५ केजीमा अर्जुन के.सीले स्वर्ण सुजु शाहीले रजत अनि प्रज्जलरण पहेलीले र नरेन्द्र बोम्जनले कांस्य पदक हात पारेका थिए , ६७ केजी तर्फ भने स्वर्ण शुनिम श्रेष्ठ, रजत अनिश पुजारी र कांस्य लाल ब भण्डारीले हासिल गरेका थिए, यसै गरी खेलमा ७५ कजी तर्फ भने अनिप देउलाले स्वर्ण, हार्दिक काईरालाले रजत र दिक्षन्त अधिकारीले कांस्य पदक हासिल गरेका थिए । यस्तै खेलमा खुला तर्फ भने उपेश देउलाले स्वर्ण, सुदिन कुमार शाहले रजत, एरेण ठेबा र उत्तम स्यान्तुले कांस्य पदक हात पारेका थिए । 

यसै गरी महिला तर्फ भने ५२ केजीमा अस्मिता दोङले स्वर्ण, अनिशा मगरले रजत अनि अर्मिला थिङले कांस्य पदक पाएकी थिइन, ६० केजीमा भने चन्द्र कुमारी भुजेलले स्वर्ण र डोल्मा बोम्जनले रजत पदक हासिल गरेकी थिइन, यसै गरी ५७ केजी महिलामा भने स्वर्ण बबिता कार्कीले हात परेकी थिइन भने रजत मिना कुमारी पाण्डे र कांस्य प्रमीला थिङले हात परेकी थिइन । 

भक्तपुरमा पहिलो पटक आयोजना भएको उक्त प्रतियोगिता कुनै विवाद रहित तथा चोट रहित हुँदै सम्पन्न भएको थियो । जगातीको इट्टा टाइल कारखानाको सानो हलमा आयोजना भएको उक्त प्रतियोगिताको अवलोकन गर्न भने दर्शकको घुइँचो नै लागेको थियो । वर्षका कारण खुल्ला स्थानमा प्रतियोगिता गर्न सकिएन तथापि दर्शकको साथ देखेर आफैमा अचम्म लागेको नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिका कोषाध्यक्ष सचितानन्द बनेपालीले बताउनुभयो । 

कार्यक्रमको सभापतित्व नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष कृष्णराम जाकिबञ्जारले गर्नुभएको थियो भने खेलको मुख्य निर्णायकको भूमिका भने राजु सिंह बजिखोंले गर्नुभएको थियो । दुई दिन सम्म चलेको उक्त प्रतियोगितामा २० जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको थियो । 

प्रतियोगितामा उत्कृठ खेलाडी तथा मेडल विजेता खेलाडीहरूलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले पुरस्कृत गर्नुभएको थियो । 

पुरस्कार वितरण गर्दै उहाँले यो पटकको खेल बन्द हल भित्र भए पनि आगामी दिनमा भने भक्तपुरको पाँचतले वा दत्तात्रयमा खेलको आयोजना गर्न आग्रह समेत गर्नुभएको थियो । 

यस्तै खेलमा सूर्य विनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा, सूर्य विनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत, १० का वडा अध्यक्ष शिवराम राउत , बागमती प्रदेश बोर्डकी सदस्य सुनिता गौतम, किक बक्सिङका संरक्षक तथा संस्थापक अध्यक्ष दीपक श्रेष्ठ, कराते महासङ्घका रेफ्रि काउन्सिलका उपाध्यक्ष प्रकाश मोहन द्यौभडेल, कराते भक्तपुरका अध्यक्ष राजन चित्रकार  प्रशिक्षक सन्तोष श्रेष्ठ, रवीन्द्र लाछिमसु लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन भने सितोरियो करातेका जिल्ला उपाध्यक्ष रामशरण त्यातले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments