भक्तपुर, बैशाख २० । राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार मिति २०८२/०१/२१ देखि मिति २०८२/०२/०२ गतेसम्म कक्षा १२ को परीक्षा हुदैछ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने २०८२ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ को परीक्षामा ५२०२ विद्यालयका नियमिततर्फ ३,९५,९०८ (जसमध्ये छात्र १,९८,८७५ छात्रा १,९७,०१३ र अन्य २०) तथा आंशिकतर्फ १,१५,६१७ गरी कूल जम्मा ५,११,५२५ परीक्षार्थीहरू सहभागी हुने भएका छन् ।
परीक्षार्थी सङ्ख्या अनुसार सबैभन्दा कम मनाङ जिल्ला कूल ४५ र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६८,१३३ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
भक्तपुर
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले भक्तपुर जिल्लामा भने १७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लामा नियमिततर्फ ६१६२ र आंशिकतर्फ १०२२ गरी कूल जम्मा ७१८४ परीक्षार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी हुदैंछन् ।