भक्तपुरमा सार्वजनिक सुनुवाई कार्यक्रममा वन अतिक्रमण तथा बालुवा चोरी निकासीको चर्चा

0
199

भक्तपुर, बैशाख १९ गते । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको अध्यक्षता तथा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालयको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सह-आयोजनामा चाँगुनारायण नगरपालिका वडा नं.७ स्थित त.पो.दम्फा सभाहलमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी एकीकृत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो ।
सो कार्याक्रममा जिल्ला सुरक्षा निकायका प्रमुखहरु, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, सडक डिभिजन, यातायात व्यवस्था सवारी चालक अनुमति पत्र, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनस्वास्थ्य कार्यालय, नेपाल टेलिकम, विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेडका कार्यालय प्रमुखहरु, वडा अध्यक्ष तथा वडा सदस्यहरु, पत्रकार महासंघ, गैरसरकारी महासंघ र सर्वसाधरणको उपस्थिति रहेको थियो।
कार्यक्रममा सर्वसाधारणले विशेष रुपमा सरकारी जग्गा अतिक्रमण, वन अतिक्रमण, बालुवा चोरी निकासी, खानेपानी, ट्राफिक व्यवस्थापन, टेलिफोन नेटवर्किङ्गमा समस्या, विद्युत तार तथा पोल सम्बन्धी जोखिम, तथा नगरपालिकाभित्र स्थानीय पूर्वाधार निर्माणमा अपर्याप्तता लगायतका विषयमा गुनासो तथा सुझाव राखेका थिए।
सम्बन्धित कार्यालयका प्रमुख तथा नगर प्रमुखबाट कार्यालय गत रुपमा गुनासो सम्वोधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here