भक्तपुर, बैशाख ७ ।
नेपाली गीत संगितमा चर्चित एवं लोकप्रिय गायक तथा संगितकार दीप श्रेष्ठको एकल प्रस्तुती सांगीतिक साँझ वैशाख २० गते शनिवार भक्तपुर सल्लाघारी स्थित इम्पेरियल बैक्वेटमा हुने भएको छ ।
भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त रुपमा भक्तपुर जिल्लामा नै पहिलो पटक दीप श्रेष्ठको एकल प्रस्तुती आयोजना गरिएको बताइएको छ । कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको आयोजक समितिले जनाएको छ । कार्यक्रम स्थलमा विभिन्न उत्पादनहरु एवं विभिन्न भक्तपुरका स्थानीय परिकारका खानाका स्टलहरू समेत रहने बताइएको छ ।
कार्यक्रममा सहभागिताका लागि प्रति व्यक्ति रु. १०००/–, रु. १५००/– र रु. २५००/– को प्रवेश टिकट निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1


















