भक्तपुर, १३ बैशाख । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.ले एक दिने पुष्टकारी र गुदपाक बनाउने तालिम संस्थाको सभाकक्ष जगातीमा शनिवार एक समारोह बीच सम्पन्न भयो ।
तालिम समापन समारोहका प्रमुख अतिथि रामकृष्ण प्रजापतिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर तालिम दिनु भएकोमा श्रमजीवि जनताको पक्षमा काम गर्न सकोस भनि शुभकामना दिँदै तालिम भनेको व्यक्तिको ज्ञान, सीप र धारणामा परिवर्तन गर्दै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने सशक्त माध्यम भएको बताउनुभयो । उहाँले व्यक्तिको ज्ञान, सीप र धारणामा परिवर्तन ल्याई व्यवहारमा परिवर्तन ल्याउने पक्रिया नै सिकाई भएको बताउनुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्था सधैं आफ्ना सदस्यहरूको आर्थिक सशक्तीकरणसँगै सामाजिक र सीपमूलक विकासमा पनि अग्रसर रहँदै आएको बताउनुभयो । उहाँले यसै शृङ्खलामा, आज हामीले आयोजना गरेको गुदपाक र पुष्टकारी बनाउने तालिम एउटा सानो तर महत्वपूर्ण प्रयास भएको बताउनुभयो । उहाँले जसले हाम्रो परम्परागत ज्ञान, सीप र स्वास्थ्यसँग जोडिएको संस्कृति जगेर्ना गर्ने मात्र होइन, आत्मनिर्भरता र स्वरोजगारतर्फ पनि हाम्रो पाइला अगाडि बढाउने बताउनुभयो । उहाँले गुदपाक, जसलाई नेपाली समाजमा विशेषरूपमा पौष्टिक आहारका रूपमा लिइने बताउँदै विशेषगरी सुत्केरी महिला, बालबालिका र कमजोर स्वास्थ्य भएका व्यक्तिका लागि लाभदायक भएको बताउनुभयो । उहाँले पुष्टकारी र गुदपाक परम्परागत तर उपयोगी खाद्य वस्तुको व्यावसायिक उत्पादन र बजारिकरणले हाम्रो समुदायमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक आयआर्जनमा समेत ठुलो टेवा पुर्याउने बताउनुभयो । उहाँले तालिम दिनुहुने प्रशिक्षकज्यूलाई धन्यवाद दिदैँ तालिममा सिकेका अनुभव र सीप साथीभाइ, छरछिमेकी र परिवारमा बाँड्नुहुने आशा व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै, तालिम सफल र फलदायी भएकोमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले ज्ञान जति बाँड्यो त्यति नै बढ्ने भएकोले आफूले सिकेको सीप अरुलाई सिकाउनु पर्ने बताउँदै तालिम नौ दिन नौलो बीस दिन विर्स्यो हुने भएकोले व्यवहारमा प्रयोग गरी अभ्यास गरिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक मनिषा शाखकर्मीले आर्थिक प्रगतिको मूल लक्ष्य राखेर परिवार धान्न एकजनाको कमाईले नपुग्ने समयमा यो सीपमुलक तालिमले टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रम कोषाध्यक्ष साजन कसपालले जीवन उपयोगी शिक्षा सीपमुलक तालिम भएको बताउँदै सिकेर आय आर्जन हुने गरी व्यवसाय गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजभाइ तजलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यवस्थापक दयाराम तजल्यले पनि बोल्नुभएको थियो । अर्का प्रशिक्षक गणेशभक्त भुजुले पनि प्रशिक्षण दिएको तालिममा ३५ जना सहभागी भएको थियो ।
केदारनाथमा एक दिने पुष्टकारी र गुदपाक बनाउने तालिम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















