भक्तपुर । २०८० असार १८ गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नपाको आयोजनामा आजबाट सुरु भएको सहकारी संस्थाका प्रतिनिधिहरुलाई दुई दिने लेखा परीक्षण तथा चौमासिक प्रतिवेदन तयार गर्ने तालिमको सोमबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले भक्तपुर नगरपालिकाले विद्यालय, कृषि, सहकारीलगायतका क्षेत्रमा समयसापेक्ष तालिमहरु सञ्चालन गर्दै त्यहाँ कार्यरत जनशक्तिलाई योग्य र निपुण बनाउने काममा जोड दिँदै आएको बताउनुभयो ।
आधुनिक चीनको जग सहकारी भएको बताउँदै सहकारीले विकास रुप लिँदै चीन आजको अवस्थासम्म आइ पुगेको प्रमुख प्रजापतिले उक्त कार्यक्रममा बताउनुभयो । सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै उहाँले धेरै लोभमा काम गर्दा संस्था डुब्न सक्नेतर्फ सचेत पार्नुभयो ।
सहकारीकर्मीहरु आफ्नो काममा दक्ष र योग्य भए जस्तोसुकै चुनौती सामना गर्न सहजता हुने बताउँदै उहाँले आर्थिक कारोबार हुने क्षेत्रमा जोखिम पनि धेरै हुँदा संवेदनशील भएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सहकारीमा वित्तीय अनुशासन कायम गर्न लेखा परीक्षण तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विश्व अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको परिस्थितिमा सहकारी संस्थाहरुले अनुत्पादनमूलक क्षेत्रमा लगानी
आर्थिक समितिका सदस्य पुरुषोत्तम तमखूले सहकारी सञ्चालकहरुले सहकारीमा जम्मा भएका रकमलाई जथाभावी परिचालन गर्दा सहकारी संस्थाहरुमा संकट निम्तिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा आर्थिक समितिका सदस्य नारायणप्रसाद त्वानाबासु र तालिमका सहजकर्ता तुल्सीहरि प्रजापतिले पनि बोल्नुभएको थियो ।



















