- काठमाडौं, असार १५, सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुले यहि श्रावण १ गते देखि भदौ मसान्तसम्ममा आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले ७५३ वटै स्थानिय तहहरुलाई पत्राचार गरेको छ । तोकिएको समय भित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण नभएमा उक्त लाभग्राहीको नाम प्रणाली बाट हट्ने र पुनः नयाँ लाभग्राहीका रुपमा नाम दर्ता गर्नु पर्ने र सो विचको अवधिको सामाजिक सुरक्षा भत्ता प्राप्त नहुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















