आषाढशुक्ल पूर्णिमा गुरुपूर्णिमा तथा व्यासपूर्णिमाका रूपमा प्रसिद्ध छ। वेदलाई ऋक्, यजु, साम र अथर्व गरी चारभागमा विभाजन गर्ने, वेदान्त दर्शनको आधारभूत सिद्धान्त संगृहित ब्रह्मसूत्रको रचना गर्ने, अध्यात्म-रामायण, महाभारत र श्रीमद्भागवतलगायत अठार महापुराणको रचना गर्ने वेदव्यासको जयन्ती यसै दिन भएकोले लोकमा आजको दिनलाई व्यासजयन्तीका रूपमा समेत मनाउने चलन छ। यस दिन महर्षि व्यासका साथै आफूलाई गायत्री तथा दीक्षामन्त्र प्रदान गर्ने, वेद- वेदाङ्ग अध्यापन गराउने, ज्ञान दिने, सन्मार्ग देखाउने, जीवनोपयोगी विद्या, सीप र कौशल सिकाउने गुरुलाई सम्मान गर्ने, पूजा गर्ने चलन पनि छ । हिन्दूधर्मावलम्बी समुदायमा गुरुलाई ब्रह्मा, विष्णु, महेश्वरसँग तुलना गर्दै उनलाई परब्रह्म रूपमा सम्मान गरिएको छ। अज्ञानरूपी अन्धकारमा रुमल्लिएर बसेकोलाई ज्ञानरूपी गाजलको काँटी (शलाका) को सहाराले आँखा उघार्न सहयोग गर्ने भनेर गुरुको स्तुति गरिएको छ-
गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ॥
अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया ।
चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः ॥
आज गुरुपूर्णिमा तथा व्यासजयन्ती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















