काठमाडौ, बैशाख ७ गते । अभिभावक संघ नेपाल, केन्द्रीय समितिले जारी शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । शिक्षक आन्दोलनका कारण विद्यार्थीहरूको पढ्न पाउने अधिकार हनन भएको भन्दै अभिभावक महसंघका अध्यक्ष सुप्रभात भण्डारी, संघका अध्यक्ष केशव पुरी सहितको टोलीले आईतबार आयोगमा उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन्।
ध्यानाकर्षण पत्र यस्ताे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1


















