मत दुर देखि आए बाेलका वरिष्ठ गायक दीप श्रेष्ठको एकल प्रस्तुती सांगीतिक साँझ भक्तपुरमा हुने

0
336

“मत दुर देखि आए, तिम्रो नाम बोकेर ।”

भक्तपुर, बैशाख ७ । नेपाली गीत संगितका वरिष्ठ गायक एवं संगितकार दीप श्रेष्ठको एकल प्रस्तुती सांगीतिक साँझ भक्तपुरमा हुने भएको छ ।

भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त रुपमा नयां वर्षको अवसर पारेर २०८२ वैशाख २० गते शनिवार भक्तपुर सल्लाघारी स्थित इम्पेरियल बैक्वेटमा हुने आयोजक समितिले जनाएको छ ।

वरिष्ठ गायक एवं संगीतकार श्री दीप श्रेष्ठको एकल प्रस्तुती रहने उक्त कार्यक्रम भक्तपुर जिल्लामा नै पहिलो पटक आयोजना हुन लागेको बताइएको छ ।

कार्यक्रममा सहभागिताका लागि प्रति व्यक्ति रु. १०००/–, रु. १५००/– र रु. २५००/– को प्रवेश टिकट निर्धारण गरिएको भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्वर्ट ब्रज्राचार्यले जानकारी दिनुभयो । कार्यक्रम स्थलमा विभिन्न उत्पादनहरु एवं विभिन्न परिकारका खानाका स्टलहरू समेत रहने बताइएको छ ।

कार्यक्रममा प्रत्यक्ष संगीत (Live Music Band) बाट प्रस्तुती हुने र वरिष्ठ गायक श्री दीप श्रेष्ठबाट १२ देखि १५ वटासम्म गीतहरु प्रस्तुत हुने समेत जानकारी दिइएको छ । भक्तपुर जिल्लामा संगीतको औपचारिक शिक्षण संस्थाको अभाव हुनुका साथै स्थानीय कलाकारहरुले व्यवसायिक कार्यक्रममा आफ्‌नो क्षमता प्रस्तुत हुने अपेक्षा गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here