काठमाडौं, वैशाख २ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशन गरिएको छ।
अब सरकारी निकायमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीहरू सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन्। श्रम मन्त्रालयका अनुसार नयाँ वर्ष २०८२ को पहिलो दिन राजपत्रमा सूचना प्रकाशित भएसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो। सरकारी, प्रदेश वा स्थानीय तहको स्वामित्वमा रहेका संस्थानमा काम गर्ने कर्मचारीले आफ्नो तलबको कम्तीमा ६० प्रतिशतलाई आधार मानेर योगदान गर्न सक्नेछन्। यसमा २०% रोजगारदाता र ११% कर्मचारीले योगदान गर्नु पर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1