Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर उदय साकोसको जेष्ठ सदस्यको एकदिने धार्मिक भ्रमण सम्पन्न 

उदय साकोसको जेष्ठ सदस्यको एकदिने धार्मिक भ्रमण सम्पन्न 

काभ्रे,चैत २३। भक्तपुर लिवालीबी स्थित उदय बचत तथा ऋण सहकारी संस्थाद्वारा जेष्ठ शेयर सदस्यहरुलाई काभ्रेको पलाञ्चोक भगवती, कालिकादेवी, उमा महेश्वर, टोपल भिमसेन मन्दिर तथा थानापति माईमा शनिबार एकदिने धार्मिक भ्रमण सम्पन्न गरियो ।

६० वर्ष माथिका हिड्डुल गर्नसक्ने ४५ जना जेष्ठ सदस्यहरूको उपस्थिति रहेको उक्त भ्रमणमा मानसिक तथा शारीरिक स्वस्थताको लागि जेष्ठ महिला सदस्यहरु बीच मनोरञ्जनात्मक खेल समेत सञ्चालन गरियो ।

साथै संस्थाको महिला उपसमितिको आयोजनामा यहीँ मिति २०८१ बैशाख ७ गतेदेखि १२ गतेसम्म बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुने एक हप्ते बेहुली मखमली ब्याग बनाउने तथा एकहप्ते स्वश्रृंगार तालिममा सहभागिता जनाउन बैशाख ६ गतेभित्र नाम दर्ता गर्न संस्थाले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments