आज रामनवमी पर्व, सार्वजनिक बिदा

0
96

काठमाडौं, चैत २४ । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।
त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन भगवान् विष्णुका १० अवतारमध्ये एक मर्यादा पुरुषोत्तम रामको जन्म भएकाले रामको पूजाअर्चना गर्दै रामनवमीका रूपमा मनाइन्छ । रामनवमीलाई हर्ष एवम् उल्लासका साथ मनाइन्छ । यो दिन नेपालको जनकपुर क्षेत्र, भगवान् रामको जन्मभूमि (अयोध्या) र अन्यत्र रहेका राम मन्दिरहरूमा भगवान्‌ राम र देवी सीताको विशेष पूजाअर्चना गरिन्छ

रामनवमीको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here