नेवार समुदायमा सुरु भयो पाहाँचह्रे पर्व

0
307

भक्तपुर । हरेक वर्ष चैत्र कृष्णपक्ष चर्तुदशी अर्थात् घोडेजात्राको अघिल्लो दिन काठमाडौँमा पाहाँचह्रे पर्व सुरु हुन्छ । तीन दिनसम्म मनाइने यो पर्व काठमाडौंका नेवार समुदायका लागि दसैँपछिको सबैभन्दा ठूलो मानिन्छ । ’पाहाँ’ को अर्थ पाहुना हो भने ’चहे’ को अर्थ चन्द्रमासको चौधौं दिन हो । यस पर्वलाई ’पासाचह्रे’ भनेर पनि मनाइन्छ । ’पासा’ को अर्थ साथी हो ।
यस पर्वको परम्परा अमर मल्लको समय सोह्रौं शताब्दीको प्रारम्भदेखि चलिआएको मान्यता रहेको छ ।
यसपर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपिठमा पूजा गरी बेलुका भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ । ’लुकु महाः द्यः’ भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने चलन रहेको छ । उक्त दिन घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गर्ने गरिन्छ ।


पाहाँचह्रेको दोस्रो दिन दुई वर्षसम्मका बालबालिकालाई ’मरः जा’ खुवाउने गरिन्छ ।
पाहाँचह्रेको अन्तिम दिन दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ । यो घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुमधि अजिमा, कङ्ग अजिमा र टेबहाल अजिमालाई आ–आफ्नो ठाउँबाट बाजागाजासहितको टोलीले खटजात्रा गरी असन पुयाएर जात्रा मनाउने परम्परा रहेको छ । तीन ठाउँबाट आएको अजिमा असनमा भेला गराई घुमाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here