अब भक्तपुरमै एसइई दिइ बसेका विद्यार्थीहरुलाई लक्षित क्रिकेट तालिमको अवसर

0
3688

भक्तपुर, चैत ८ । भक्तपुरको एक मात्र चिरपरिचित क्रिकेट प्रशिक्षण केन्द्र Cricket Excellence Center Bhaktapur को आयोजनामा एसइई दिइ बसेका विद्यार्थीहरुलाई लक्षित गरी क्रिकेट तालिम संचालन हुने भएको छ ।


एसइईमा सहभागी विद्यार्थीहरुलाई ६० दिनको प्याकेजमा दैनिक २ घण्टा क्रिकेट प्रशिक्षण दिने निर्देशक अशोकरत्न शाक्यले जानकारी दिएको छ ।
साथै कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई लक्षित गरी पनि क्रिकेट प्रशिक्षण संचालन गर्न लागेको बताइएको छ । यही चैत २३ गतेबाट बैशाख ६ गतेसम्म तालिम संचालन हुन लागेकोले नाम दर्ताको लागि आह्वान समेत गरिएको छ ।
Cricket Excellence Center Bhaktapur भक्तपुरको आदर्शबाट सिपाडोल जाने बाँयातर्फ अवस्थित छ । यसअघि केन्द्रले बाल दिवसको अवसरमा बालबालिकालाई क्रिकेटसंग नजिकबाट जोड्न एक दिवशीय कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।
तालिममा सहभागीता तथा नाम दर्ताको लागि ९८४१३५०५२१ मा सम्पर्क गर्न सकिने केन्द्रले जनाएको छ ।

क्रिकेट र शिक्षाबिचको गहिरो सम्बन्ध ।

धेरैलाई लाग्न सक्छ कि क्रिकेटले पढाइलाई पछाडि पार्छ, तर वास्तवमा क्रिकेटले हाम्रा नानीबाबुहरुलाई अनुशासन, समय व्यवस्थापन, आत्मविश्वास र टोली भावना जस्ता सीपहरू विकसित गर्न मदत गर्छ, जुन शैक्षिक तथा ब्यक्तिगत जीवनमा पनि अति उपयोगी हुन्छ । क्रिकेट केवल एउटा खेल मात्र होइन, विश्वभर क्रिकेटरहरूको नाम, दाम, सम्मान र सफलताको उच्च शिखरमा पुगेका कुरा हजुरहरुलाई अवगत नै छ । अन्तर्राष्ट्रिय क्रिकेट होस् वा घरेलु लिग, क्रिकेट खेलाडीहरू राम्रो आम्दानी, लोकप्रियता र अवसरहरूको संसारमा प्रवेश गर्छन् । यदि तपाईंको नानीबाबुहरुले क्रिकेटमा रुचि राख्छ भने, उसको सपनालाई रोक्ने होइन, साथ दिने गर्नुहोस्, किनकि शिक्षा सँगसँगै खेललाई जोडेर अगाडि बढ्दा विद्यार्थीहरूको मानसिक तथा शारीरिक विकास दुवै सन्तुलित हुन्छ । क्रिकेटले तपाईंलाई कठिन परिस्थितिमा निर्णय लिन सक्षम बनाउँछ । त्यसैले, CEC-Bhaktapur ले पनि पढाइलाई उच्च प्राथमिकतामा राख्दै क्रिकेटलाई आफ्नो जीवनशैली बनाउन मदत गर्नेछ । यदि तपाईंहरू प्रतिबद्ध हुनुहुन्छ भने, क्रिकेट र शिक्षा दुवैसँग सफल भविष्य बनाउन सकिन्छ । आउनुहोस् हामी क्रिकेटलाई केवल एउटा खेल मात्र होइन, सफल भविष्य निर्माण गर्ने माध्यम बनाउन तपाईहरुको साथमा हामी छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here