भक्तपुर घरेलु तथा साना उद्योग संघद्धारा कर अधिकृतलाई स्वागत कार्यक्रम सम्पन्न

0
278

भक्तपुर, चैत ८ । भक्तपुर घरेलु तथा साना उद्योग संघद्धारा भक्तपुर जिल्लामा पदभार ग्रहण गर्नुभएका प्रमुख कर अधिकृत श्री शुवप्रसाद रिजाललाई स्वागत तथा बधाई कार्यक्रम गरियो ।
कर अधिकृत रिजालले करलाई डर होईन उद्यमी व्यवशायीहरु भर भएको हुँदा कर तिर्न नडराउनु हुन अनुरोध गर्दै घरमैमा बसि कर तिर्ने व्यवस्था गरेको हुँदा व्यवशायीहरुलाई धेरै सजिलो भएको बताउनु भयो । साथै समय समयमा संघसँगको सहकार्यमा आगामी दिनहरुमा पनि कर शिक्षा कार्यक्रम संचालन गर्ने बताउनु भयो ।

सो अवसरमा संघका पुर्व अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष श्री चन्दनकृष्ण श्रेष्ठले विगत देखि अनौपचारिक रुपमा संचालन रहेका भक्तपुरका साना उद्यमी व्यवशायीहरुलाई कर कार्यालयको सहकार्यमा करमा आवद्ध गरि राजश्व संकलनमा संघले सकेको सहयोग पुर्याउँदै आईरहेको बताउनु भयो । साथै विगतमा करलाई डरको रुपमा लिने गरेकोमा संघको अगुवाईमा समय समयमा कर शिक्षा सचेतना कार्यक्रम गरि करलाई अवसरको रुपमा लिएको पनि बताउनुभयो ।
त्यसैगरी संघका पुर्व अध्यक्ष एव महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक बर्ष २०८२/०८३ को बजेट निर्माण कार्य भईरहेको र सो बजेटको लागि महासंघबाट साना उद्यमी व्यवशायीहरुको समस्या र समाधान सम्वन्धमा सुझाव पेश गर्न जिल्ला जिल्लामा सुझावहरु संकलन गर्ने कार्य भईरहेको जानकारी गराउनुभयो ।
संघका पुर्व अध्यक्ष एव केन्द्रिय सदस्य विरेन्द्र जतिले प्रत्येक कर दिवसमा साना उद्यमी व्यवशायीहरुलाई पनि सम्मान गरी प्रोत्साहन गर्नु पर्ने र साना उद्यमीहरुलाई कर सम्बन्धि जानकारी गराउन समय समयमा कर शिक्षा कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले संघले प्रत्येक बर्ष करिव ४०० उद्यमी व्यवशायीहरुको कर तिर्न ,नविकरण गर्न संघले सहकार्य गरिदिएको जानकारी गराउँदै यस बर्ष पनि कर कार्यालयसँग सहकार्य गरी कर शिक्षा सम्पन गरेको जानकारी गराउनुभयो ।
अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संघका उपाध्यक्ष हरिगोपाल त्वायनन तथा महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here