शेयर बजारमा अन्तिम समयमा सेयर मूल्यमा हुनसक्ने चलखेल आजदेखि अन्त्य

0
131

काठमाडौं । अन्तिम मिनेटमा सेयर बजारमा हुने चलखेल रोक्ने प्रणाली आजबाट लागु भएको छ । नेपाल स्टक एक्सचेञ्जले आजदेखि अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था सुरु गरेको हो ।

मिति २०८१/१२/०५ मा बसेको नेप्से सञ्चालक समितिको बैठकबाट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई कारोबार सञ्चालन विनियमावली (चौंथो संशोधन) २०८१ लाई मिति २०८१।१२।०७ देखि कार्यान्वयन गर्ने निर्णय भए अनुसार नियमित कारोबार सत्रमा अपरान्ह २:४५ बजेदेखि ३:०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने सूचनामा उल्लेख छ। उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोवार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गर्ने नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here