कब बिटिसी र ब्राउन आवल पिटिसी स्काउट तालिम आजबाट सुरु

0
108


२०७९ असार १२ गते, मंगलबार
भक्तपुर नगरपालिकाको आयोजनमा नगरभित्रका सम्पूर्ण विद्यालयका १ जना महिला र १ जना पुरुष शिक्षकहरुलाई आजबाट पाँच दिने कब बिटिसी र ब्राउन आवल पिटिसी स्काउट तालिमको सुरुवात भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले झन्डोत्तोलन गरी स्काउट तालिमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख एवम् स्काउट संरक्षक सुनिल प्रजापतिले स्काउट सामुदायिक सेवा तथा जनहितसँग सम्बन्धित कार्य भएको हुँदा यसमा पैसा र स्वार्थको प्रवेश भएमा सिद्धान्तविपरीत काम हुने सम्भावना भएको हुँदा सबैजना सचेत र सजग हुन जरुरी रहेको बताउनुभयो ।
लोभ, स्वार्थ, व्यक्तिगत हितबाट स्काउटलाई टाढा राख्नुपर्ने बताउँदै उहाँले स्काउट तालिम पछि विद्यालयमा आउने सकारात्मक परिवर्तनकै कारण स्काउटको महत्व बढ्दै गइरहेको बताउनुभयो ।
उहाँले तालिमका सहभागीहरुलाई देश र समाजको सेवामा समर्पित गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीहरुलाई अनुशासनमा राख्ने महत्वपूर्ण जिम्मेवारी शिक्षकको भएको र अनुशासित समाज मात्रै व्यवस्थित रुपमा अघि बढ्ने धारणा उहाँले राख्नुभयो ।
उपप्रमुख रजनी जोशीले विद्यार्थीहरु अनुशासित भएमा भावि समाज अनुशासित हुने बताउँदै स्काउटिङ शिक्षाले बालबालिका र युवा वर्गको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरुलाई अनुशासित र स्वाबलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुर नपा शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले तालिम सफलताको शुभकामना दिँदै भक्तपुर नगरभित्रका विद्यार्थीहरुलाई स्काउट तालिम सञ्चालन गर्नुको उद्देश्यबारे प्रष्ट पार्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सल्लाहकार भक्तराज भण्डारी, बागमती प्रदेश सदस्य अच्युट प्रजापति, ख्वप्रिङ स्कूलका प्रिन्सिपल विनोद प्रजापति, कब कोर्षलिडर पवनकुमार बल्ल, सहायक राष्ट्रिय प्रशिक्षक बालकृष्ण वनमाला र स्थानीय स्काउट कार्यालय भक्तपुरका स्थानीय संयोजक कृष्णसुन्दर प्रजापतिले स्काउटको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here