भक्तपुर नगरपालिकामा दुईदिने बाल विकास सहजकर्ता (ईसीडी) तालिम सुरु

0
109

भक्तपुर । २०८० असार ११ गते, सोमबार
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरका सामुदायिक र संस्थागत विद्यालयका शिक्षिकाहरुको लागि दुईदिने बाल विकास सहजकर्ता (ईसीडी) तालिमको आयोजना गरेको छ ।
तालिम शुभारम्भ गर्दै प्रमुख प्रजापतिले शिक्षामा अगाडि बढेको समाज सबै क्षेत्रमा अगाडि बढ्ने बताउँदै विद्यालयले भौतिक संरचनालाई भन्दा शैक्षिक गुणस्तरलाई जोड दिंदै देशभक्त नागरिक तयार गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले विद्यालय र शिक्षकहरुको मागअनुरुप तालिमहरु सञ्चालनमा जोड दिँदै आइरहेको बताउँदै
शिक्षामा धेरै पछाडि परेको भक्तपुर नगरपालिका हाल देशकै उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास हुनुमा यहाँका विद्यालयहरुको अहम् भूमिका रहेको बताउनुभयो ।
सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तरको भेद हटाउने उद्देश्यले दुवैलाई समान ढंगले अगाडि बढाउन भक्तपुर नपाले काम गर्दै आइरहेको बताउँदै विद्यालयको जग बलियो पार्ने उद्देश्यले बाल विकास सहजकर्ता शिक्षिकाहरुको लागि तालिमको आयोजना गरेको बताउनुभयो ।
आ.व. २०८०।८१ को बजेटमा भक्तपुर नपाले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउँदै भक्तपुर नपाले अध्ययन अनुसन्धानलाई जोड दिने नीति लिएको उहाँले बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष तथा विद्यालय अनुगमन तथा प्राविधिक समितिका संयोजक विद्यार्थीहरुको शिक्षण र सिकाइमा कुनै पनि लापरबाही र हेलचेक्र्याइँ हुन नहुने बताउँदै आजका बालबालिका भोलिका भविष्य भएको हुँदा उनीहरुलाई सानै उमेरदेखि दक्ष र योग्य बनाउन शिक्षक–शिक्षिकाहरुले मेहेनत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसी र भक्तपुर नपा शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले तालिमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभयो ।
नगरपालिकाको आयोजनामा भएको उक्त तालिममा भक्तपुर नगरभित्रका ९२ वटा विद्यालयका ९२ जना शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here