श्रमजीवी साकोसमा एक दिने कर ,प्यान र भ्याट सम्बन्धी अभिमुखिकरण तालिम

0
196

भक्तपुर, चैत ३ । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. को व्यवसाय प्रवद्धन उप–समितिको आयोजनामा संचालित एक दिने कर ,प्यान र भ्याट सम्बन्धी अभिमुखिकरण तालिम सहकारीका संचालक सदस्य श्री मदन खाताखोको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।
उक्त कार्यक्रम श्री खाताखोले श्रमजीवी सहकारीमा आवद्ध उद्यमी व्यबसायीहरुलाई लक्षित गरि संचालन गरेको यस कार्यक्रमले कर के हो र प्यान दर्ता लिनु पर्ने फाइदा र भ्याट किन र कसरी भुक्तानी गर्ने बारे ज्ञानकारी प्राप्त भई उद्यमी युवाहरु लाभान्वित हुने बिचार राख्नु भयो ।
सोहि कार्यक्रम हाडा एसोसियतका लेखा परिक्षक एवं कार्यक्रमका प्रशिक्षक श्री सुरेन्द्र हाडाले उद्यमी व्यवसयिहरुले कर के हो र प्यान दर्ता किन र यसका फाइदा र बेफाइदा थाहा पाई राख्नु पर्ने साथै भ्याट कहिले र कुन कुन समयमा चुक्ता गर्दा जरिवाना लाग्दैन भन्ने विषयमा छलफल भई सहभागी उद्यमीहरु प्रशिक्षित भएको कुरा व्यक्त गर्नु भयो ।
कार्यक्रममा कुल ३७ जना सहभागीमा महिला १० र पुरुष २७ जना उपस्थिती रहयो भन्ने कार्यक्रम संचालन व्यवसाय प्रवद्धन उप–समितिका सदस्य सुन्दर त्यातले गर्नु भएको थियो भन्ने सहभागी महिला तर्फ लक्ष्मी देवी वोयजु र प्ुरुष तर्फ न्हुछेराम तचामोले पनि बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here