अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिको बैठक सम्पन्न

0
235

भक्तपुर, चैत १ । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिको बैठकमा केन्द्रीय महासचिव रामचन्द्र सुवेदी उपस्थितिमा अध्यक्ष रामकृष्ण प्रजापतिको अध्यक्षतामा शिक्षा विधेयक बारे लान्चाफल्चामा शुक्रबार बसियो ।
अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिको बैठकमा केन्द्रीय महासचिव रामचन्द्र सुवेदीले शिक्षा विधेयकमा संस्थागत विद्यालयका प्रतिनिधि हुने तर सारा विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरिरहेका अभिभावकहरु शिक्षा समितिहरुमा प्रतिनिधित्व नहुनु दुखद् कुरा भएको बताउँदै शुल्क निर्धारण, छात्रबृति वितरण, विद्यालय निरिक्षण, विद्यालय पोशाक र पाठ्यपुस्तक विद्यालयले भनेकै पसल लिनुपर्ने गरि सिण्डिकेट गरेको विरुद्ध संघर्ष गर्न पनि शिक्षा समितिमा अभिभावकको प्रतिनिधि अतिआवश्यक भएकोले शिक्षा विधेयकमा समेत उल्लेख गराउन संघर्षरत रहनु पर्ने बताउनुभयो ।
अध्यक्ष रामकृष्ण प्रजापतिको अध्यक्षतामा बसेको बैठकमा उहाँले २०२८ सालको शिक्षा ऐनमा बसेर काम गर्नुपरेको अवस्थाका साथै २०५५ शिक्षा नियमावलीमा शुल्क निर्धारण समितिमा अभिभावक संघको प्रतिनिधि रहेको बताउँदै शिक्षालाई मौलिक हकको रुपमा निःशुल्क भनि नेपालको संविधान २०७२ मा लेखेको भएतापनि राज्यले शिक्षाको सम्पूर्ण जिम्मेवारी ग्रहण नगर्दा शिक्षामा विविधता देखिएको बताउनुभयो । उहाँले भक्तपुर जिल्लाको चारै वटा नगरपालिकामा शुल्क निर्धारण र शिक्षा समितिमा प्रतिनिधित्वको लागि अनुरोध गर्ने बताउनुभयो ।
बैठकमा निवर्तमान अध्यक्ष मणिरत्न बज्राचार्य, सचिव आशराम सुवाल, सदस्यहरु सन्तराम दुलाल, राजाराम दाहाल, महेन्द्र बखुन्छे, घनश्याम खड्का लगायतले आ–आफ्‌नो धारणा प्रस्तुत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here