श्रमिक महिला दिवसको अवसरमा प्रवचन

0
262

भक्तपुर,फागुन २९ । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार प्रवचन कार्यक्रम भयो ।

कार्यक्रममा वाग्मती प्रदेशसभाका सदस्य सृजना सैंजूले महिलाहरू शिक्षित, स्वस्थ र राजनीतिकरूपमा सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले नेतृत्व गरिरहेको भक्तपुर नगरपालिकामा जनतालाई सीपमूलक तालिम सँगसँगै राजनीतिक चेतना दिने काम गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “प्रौढ कक्षा, साक्षरता कक्षा, कलेज सञ्चालनका साथै ख्वप विश्वविद्यालय सञ्चालनको तयारीमा भनपा लागिपरेको छ ।” भनपाले समाजवादी आधारशीला तयार गर्ने काम गरिरहेको उल्लेख गर्दै सांसद सैंजूले समाजवादी व्यवस्थामा मात्र कामदार जनताको मुक्ति सम्भव छ भन्नुभयो ।

स्वास्थ्यकर्मी कमलकेशरी शिल्पकारले सर्ने रोगभन्दा नसर्ने रोग बढ्दै गइरहेको चर्चा गर्दै खानपानमा सतर्कता अपनाउनु जरूरी भएको बताउनुभयो ।

मञ्जु लाखाको सभापतित्वमा भएको उक्त कार्यक्रममा तुल्सीलक्ष्मी दुमरू, रत्नकेशरी पक्का, लक्ष्मीकेशरी सुवाल, राजमाया कोजु, शर्मिला मानन्धरलगायतले विश्वका क्रान्तिकारी महिला नेतृहरूको योगदानबारे बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here