साईनिङ्ग स्टुडेण्ट एकेडेमीको आयोजनामा विज्ञान तथा गणित विषयको प्रयोगात्मक प्रदर्शनी

0
348

भक्तपुर, फागुन १९ । साईनिङ्ग स्टुडेण्ट एकेडेमीको आयोजनामा विज्ञान तथा गणित विषयको प्रयोगात्मक प्रदर्शनी एवम् नेवारी र तामाङ जातीको सँस्कृति संरक्षण गर्ने हेतुले विविध सँस्कृति प्रदर्शनी २०८१ सम्पन्न भयो ।


कार्यक्रममा अतिथि भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालले गणित र विज्ञानजस्तो महत्वपुर्ण विषयमा भएको प्रदर्शनीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यमा टेवा पुग्ने बताउनु भयो ।
उहाँले गणित र विज्ञानबारे शिक्षकहरुलाई तालिम दिनुपर्ने बताउँदै नगरपालिकाले विद्यालय अनुगमन गर्दै आइरहेको जानकारी दिनुहुदै भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय माग गरेकोे बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगर शिक्षा शाखाका अधिकृत साधुराम फुँयालले संस्थागत र सामुदायिक विद्यालयहरु बीच भेदभाव नगरी शैक्षिक स्तर उकास्न संगसंगै लगेको बताउनुभयो । उहाँले कला सँस्कृतिको पहिचान हराउँदै गएको बेला विज्ञानसंग जोडेर नेवार र तामाङ संस्कृति प्रदर्शनी उत्कृष्ट नमुना भएको बताउँदै रुढीवादी कुराहरुलाई हटाउँदै सँस्कृतिको संरक्षण र जगेर्ना गर्न टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा गपली टोल सुधार समितिका अध्यक्ष एवम् अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले जातजाति, भाषाभाषी र कला सँस्कृति देशकै सम्पत्ति भएकोले यसको संरक्षण र संबद्र्धनको लागि विद्यालयको गतिविधिले पनि टेवा पुग्ने बताउनुभयो ।

उहाँले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय भएको भए संस्थागत विद्यालयको प्रार्दुभाव नै हुने थिएन बताउनु हुँदै राज्यले शिक्षा क्षेत्रको दायित्व पुरा गर्न नसक्दा नै संस्थागत विद्यालयहरुको गुणस्तरीय शिक्षा दिँदा अभिभावकहरु संस्थागत विद्यालय तर्फ आर्कषित भएको बताउनुभयो । उहाँले सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक एवम् प्रयोगात्मक विधिद्धारा पठनपाठनलाई सहज हुने र व्यवहारमा परिवर्तन गर्न सजिलो हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रविन छुस्याकीले शिक्षा प्रति बालबालिकामा अभिरुचि बढाउन र अभिभावकहरुलाई आकर्षण गर्न शैक्षिक मेला आयोजना गरेको बताउँदै गुणस्तरीय शिक्षासंगै व्यवहारीक ज्ञान प्राप्त गर्न पनि मद्दत पुग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here