उदय साकोसको स्थापना दिवसमा रक्तदान र आँखादान सम्पन्न

0
176

फागुन १९, भक्तपुर । उदय बचत तथा ऋण सहकारी संस्थाले सोमबार २९ आैं स्थापना दिवसको अवसरमा रक्तदान र आँखादान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा रक्त संचार सेवाको प्राविधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ३२ जना रक्तदाताले रक्तदान गरेको जानकारी संस्थाका व्यवस्थापक पुण्यराम गोसाईले दिएका छन् ।

साथै नेपाल आँखा बैंक तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा भएको आँखादान कार्यक्रममा ८ पुरुष र ४ महिला गरी १२ जना दाताले मरणोपरान्त आँखाको नानी मनोरोपरान्त आँखादान गरेका थिए ।

रामकृष्ण प्रजापति, गणेशमान कोजू, बाबुकाजी प्रजापति, कृष्णराम प्रजापति, विष्णुप्रसाद प्रजापति, राम कुसी, रामकृष्ण प्रजापति, पुण्यराम गोसाई, कमला प्रजापति, अन्जु बाडे, विजयलक्ष्मी प्रजापति र पूजा अवालले मरणोपरान्त आँखाको नानी दान गरेका दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here