भक्तपुर, फागुन ३ । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. को आ.व. २०८१/०८२ को अर्ध बार्षिक समिक्षा बैठक शनिवार नेवाः ननीः सल्लाघारीमा सम्पन भयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गणेशभक्त सितिखु ज्युले सामुदायिक सहकारी सिद्धान्त अनुरुप सहकारी अगाडि बढी रहेको र देशको परिस्थिति अनुसार ऋणीहरुसंग सम्वाद गरी अहिलेको अवस्थामा बचत सुरक्षालाई ध्यान दिनुपर्ने बोल्नुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष बिकुलाल सुवालले समिति, उप–समिति र संस्थापक पदाधिकारीहरुबाट राखिएको जिज्ञासा सम्वन्धमा स्पष्ट पार्दै संस्थाको प्रगतिका विविध पक्षहरुबारे प्रकाश पार्नुभयो ।
संस्थाका उपाध्यक्ष गोविन्दराम त्वानाबासुले ऋण सम्वन्धमा, संस्थाका सचिव जयराम लागेजुले अर्ध बार्षिक गतिविधि, निर्णय र नीतिगत परिमार्जन सम्बन्धमा र संस्थाका कोषाध्यक्ष नारायण प्रसाद लागेले आ.व. २०८१/०८२ को हाल सम्मको सदस्य संख्या ४०९८ जनाको कुल कारोवार रु.८१,५७,२१,३८०।–(अक्षरेपी एक्कासी करोड सन्ताउन्न लाख एक्काईस हजार तीन सय असी रुपैया मात्र ।) सहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
संस्थाका लेखा सुपरिवेक्ष समिति संयोजक सुरेन्द्र प्रसाद दुवालले संस्थाको बित्तीय बिश्लेशन गर्नुभयो ।
कार्यक्रममा सहभागहिरुले विभिन्न जिज्ञासा राख्नुभयो भने कार्यक्रम सचिव जयराम लागेजुले गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















